लाप्चा समुदाय नयाँ बर्ष क्लोक नाम मनाउदै

Breaking News Hot News Special News Trending कला संस्कृति प्रदेश संस्करण मनोरञन समाज

एमबी लाप्चा

भाषा धर्म लिपि र सास्कृतिक रुपले समृद्ध लाप्चा ९रोङ ० समुदायको नयाँ बर्ष (नाम आल ) क्लोक नाम(मुसा बर्ष) पौष ११ गतेदेखी सुरु भएको छ १ पित्री देवता र प्रकृतिको पुजाआजा गर्दै विभिन्न नया अन्नबाली कन्दमुल फलफुल चडाउदै सम्पुर्ण प्राणी जगतमा सुख शान्ती को कामना गर्दै लाप्चा समुदायले ठुलाबडा बाट आशिर्वाद ग्रहण र शुभकामना आदन प्रदान गर्दै नयाबर्ष मनाउने गरेको पाइन्छ ।
लाप्चा भासामा कोङ्की (पयौ )रुख फुल्न थालेपछि नया सम्वत फेरिन्छ भन्ने आधारमा यो नया बर्ष को सुरुवात भएको लाप्चा ग्रन्थहरु अनुसार पौष महिना को औसिको रातमा लाप्चाहरुको पुरोहित जोर्बुङ्थिङले (मुङपुनु) भुतको राजालाई युद्दमा परास्त गरेको उपलक्ष्यमा पनि यो चाड मनाउने गरेको किंवदन्ती रहेको छ ।

विभिन्न जनावार पशुपङक्षीको नामकरण अनुसार लाप्चा जातिहरुको बार्ह महिना अनुसार मुसा बर्ष पहिलो र यो बर्ष प्राणीजगात लाई सुखदायी रहेको बिस्वास गरिन्छ । यसै बिच पौष १२ गते सुर्योदय न .पा. ८ को याङ थोङ स्थित एक कार्यक्रम विभिन्न सास्कृतिक झाकिहरु सहित नामआलरनाम्बुन (क्लोक नाम )२३४० औ शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको पहिलो चरणमा लाप्चा भासा गुरुहरु बाट पार्थना गर्दै लाप्चा बुङ्थिङ (पुरोहित) छत्रबहादुर लाप्चा द्वारा प्रकिती र सिङ्गो प्राणी जगतको रक्षर्था प्रार्थना गर्दै पुजाआजा गरिएको थियो

उक्त कार्यक्रममा सुर्योदय नगरपालिकाका उपप्रमुख दुर्गादेबि भट्टराईले शुभकामना ब्यक्त गर्नु हुँदै स्थानीय सरकार बाट हाल यस क्षेत्रमा आदिवासी रजनजातीहरु को भासा संस्कार संसकृतीको सरंक्षण लागि नीति तथा कार्यक्रम बनीरहेको बताउनु भयो । स्थानिय सरकारले रोङजातीको यस नामआल पर्वलाई साझा रास्टृय चाडको रुपमा बिकास गर्न पहल गर्ने बताउनु भयो ।

रोङ सेजुम ठि एकाइ अध्यक्ष मनमाया लाप्चाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रोङ सेजुम ठि का अध्यक्ष बि ।बि रोङकप वाड न १२ का अध्यक्ष डोलेन्द्र भार्द्वाज ११ का टेक बहादुर राई आदिबासी जनजाती महासङ्घ सुर्योदय न।पाका अध्यक्ष सोनाम योल्मु वडा सदस्य रमेस प्रधान लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । इलाम जिल्ला को सुर्योदय न.पा. रोङ गा .पा .इलाम न.पा.को गोदक लगायत को क्षेत्रहरूमा लोपोन्मुख लाप्चा समुदायको विशेष बसोबास रहेको छ ।

Leave a Reply

Your email address will not be published.