बिद्यार्थीले निर्माण गरेका सामग्रीको प्रदर्शनी

बिद्यार्थीले  निर्माण गरेका सामग्रीको  प्रदर्शनी

राजकुमार दहाल , फिक्कल

बालबालिकाहरुले कक्षामा सिकेका कुरालाई ब्यवहारमा उतार्दै प्रत्यक्ष अभ्यासद्धारा सिकाईलाई प्रभावकारी बनाउने उदेश्यका साथ इलामको कन्याममा बिज्ञान प्रर्दशनी भएको छ ।
इलामको सूर्योदयनगरपालिकाको आयोजनामा नगर क्षेत्रका आधारभूत बिद्यालय तथा माध्यामिक बिद्यालयतहका बिद्यार्थीहरुको सहभागितामा बिज्ञान प्रर्दशनी भएको हो । प्रर्दशनिमा बिद्यार्थीहरुले आफैले तयार पारेको बिभिन्न बिज्ञानका प्रर्दशनीहरु प््रार्दशनमा ल्याएका छन् ।
बिद्यार्थीहरुले आफैले स्थानीयतहमा उपलब्ध सामाग्रीहरुको प्रयोग गरेर हाईड्रोलिक ब्रेक जेसिबि आलुबाट बिजुलि बाल्ने ज्वालामुखि हरित गृह टनेल दुरबिन प्राबिधिक मेन लगायतका दर्जनौ सामाग्रीहरु बनाएर प्रर्दनमा राखेको थिए ।
कक्षामा सिकेका कुरालाई अभ्यास गर्न पाउदा बिद्यार्थीहरुमा अरु धेरैकुरा गर्ने जोसजाँगर पैदा भएको आफुले महसुस गरेको श्रीकृष्णाश्रम मावि कन्यामा प्रधानाध्यापक देउकुमार दहालले बताउनु भयो ।
सूर्योदयनगरपालिका शिक्षा क्षेत्रमा निक्कै गभिंर रहेको तथा शिक्षण सिकाईलाई प्रभावकारी बनाउन कार्यक्रम आयोजना गरीएको नगर प्रमुख रण बहादुर राईले बताउनु भयो ।
नगरका २८ वटा बिद्यायले आ–आफनो स्टलनै राखेर ४ दिन सम्म बिज्ञान प्रर्दशनी गरेका हुन । यसरी प्रर्दशनीमा भाग लिन पाउँदा आफुहरुले कक्षाकोठामा सिकेका कुरा व्यवहारमा उर्तान पाएको भन्दै बिद्यार्थीहरु निक्कै हर्षित भएका छन् । कक्षाकोठामा सिकेका कुरालाई ब्यवहारमा उतार्ने तथा थप अभ्यास गर्ने मञ्च पाएको कर्फोक मा विका बिद्यार्थी माधब प्रसाद भटटराइले बताउनु भयो ।
बिज्ञान प्रर्दशनीमा कितावमा सिकेका कुरा बनाएरै प्रर्दशन गर्न पाउदा बिद्यार्थीको सिकाईमा थप मदत्त पुगेकोले प्रर्दशनी उपलब्धिमुलक भएको मेचि मा वि श्रीअन्तुका शिक्षक धरनी घिमिरेको भनाई छ ।
बिद्यार्थीहरु बिच घुलमिल र मनोरञ्जनतात्मक रुपमा सिकेका कुरालाई अभ्यास गर्न पाएका छन । नगरको १० लाख ५० हजारको बार्षिक बजेटबाट कार्यक्रम गरीएको नगर शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव रुद्र नारायण साप्कोटाले जानकारी दिनुभयो । बिद्यार्थीहरुको सिकाईलाई प्रभावकारी बनाउने लक्ष्यका साथ भएको कार्यक्रममा ब्रमाण्डका ग्रह उपग्रह सूर्य चन्द्रमा लगायतको जानकारी सहितको प्लानेटोरीयम प्रर्दशनी तथा बिषय बिज्ञहरुबाट बिद्यार्थीलार्य थप उत्प्रेरक बनाउन मोटिभेशनल कक्षा पनि गरीएकोले बिद्यार्थी अभिभावक शिक्षक सबैमा कार्यक्रमले नयाँ प्रेरणा मिलेको शिक्षा शाखाका शाखा अधिकृत योगनिधि भट्टराईले जानकारी दिनुभयो ।

बिज्ञान शिक्षा कितावमा पढेर मात्रै लिने शिक्षा नभएर अभ्यास गर्दै लिने शिक्षा भएको ले पनि यस अभ्यास सहितको प्रयोगशालाले बिद्यार्थीमा निक्कै प्रेरणा मिलेको प्याप्सन प्रदेश नम्बर १ का अध्यक्ष युवराज बाष्शिठले बताउनु भयो ।
स्थानीय स्तरमा प्राप्त सामाग्रीहरु प्लास्टीकका बोत्तल बिभिन्न कागज स्थानीय काठ लगायतको प्रयोग गरेर बिद्यार्थीहरुले निक्कै उत्कृष्ठ प्रर्दशन गरेका थिए ।

प्रर्दशनीमा आधारभुत बिद्यालय तर्फ सूर्योदयनगरपालिका १३ को ज्योति आधारभुत बिद्यालय प्रथम , मेरीगोल्ड बोडिग स्कुल सूनपा १२ दोस्रो श्रीकृष्णाश्रम मा वि कन्याम तेस्रो र आर्दश आ वि कजेनि चौथो भएका छन , माध्यामिक विद्यालय तर्फ फिक्कल मा वि फिक्कल प्रथम जनक मा वि श्रीअन्तु दोस्रो हेरोहल अग्रजेजी स्कुल तेस्रो र कर्फोक मा वि कर्फोक चौथो भएका छन् । सबै बिजेतालाई नगरपालिकाले नगद पुरस्कार प्रदान गरेको छ ।