नेपालको हिमाल देखाएर भारतको कमाई

Breaking News Hot News Special News Trending घुमफीर पर्यटन प्रमोसन मनोरञन


फिदिम : फालोट पुग्ने बित्तिकै दर्जनौ हिमालका मनोरम दृश्यहरु देखिन्छ । यहाँ पुग्ने पर्यटकलाई ‘फालोट हट’ का सञ्चालक पासाङ तेम्बा शेर्पा हिमाल चिनाउँदै पर्यटकलाई आफ्नो हटमा स्वागत गछ्र्रन् ।

‘यो अग्लो देखिएको सगरमाथा,’ अर्को हिमालतर्फ देखाउँदै उनी भन्छन् ‘ यो चाँही कुम्भकर्ण, अनि यतापट्टि देखिएको कञ्चजंघा हिमाल ।’ यसरी नै शेर्पाले दर्जनौ हिमालहरु पर्यटकलाई देखाउँछन् र फालोट बसाई लम्व्याईदिन्छन् ।
मौसम नखुलेको बेलामा पर्यटकहरुको बसाई लम्व्याइदिने शेर्पालाई अर्को मौका मिल्छ । हट भित्र राखिएका हिमालका तस्बिरहरु देखाएर उनी मौसम खुलेपछि तस्बिरमा देखिएका सबै हिमालहरु प्रत्यक्ष हेर्न सकिने भन्दै केही दिन बस्न उनी आग्रह गर्छन् । पर्यटकहरु पनि यहाँ पुगेपछि हिमाल नहेरी नर्फकने अठोट लिएर बसाई लम्व्याउछन् । पर्यटकको बसाई लम्बिएपछि हर्टको आम्दानी पनि थप बढ्छ ।

हिमाल हेर्नका लागि पर्यटकहरुको भीड लाग्ने यो ठाँउमा अरु होटल र घरहरु छैनन् । भारत सरकारले पर्यटकहरुलाई माध्यनजर गरी यो हर्ट सञ्चालन गरेको हो । हर्ट सञ्चालकको रुपमा शेर्पालाई भारत सरकारले सरकारी कर्मचारीको रुपमा नियुक्ति दिएको छ ।

शेर्पा भारत सरकारले प्रदान गरेको तलब खान्छन् । हट सञ्चालनबाट भएको आम्दानी उनीसरकारलाई बुझाउँछन् । यहाँ आउने पर्यटकहरुबाट भएको आम्दानी भारतको ढिकुटीमा जम्मा हुन्छ । ‘हटमा ८० जना पर्यटकलाइ राख्ने क्षमता छ,’ उनी भन्छन् ‘यहाँ हिमाल हेर्ने पर्यटकहरुको भीड लागिरहन्छ ।’ यहाँबाट देखिने अधिकांश हिमाल नेपालका हुन् । नेपालका हिमाल देखाएर भारतले लाखौँ आम्दानी गरिरहेको छ ।

इलाम, पाँचथर र बेष्ट बंगालसँग सिमाना जोडिएको सन्दकपुरबाट पनि दर्जनौ हिमालहरु देखिन्छ । सन्दकपुरबाट ६० भन्दा धेरै हिमालहरु एकै स्थानबाट हेर्न सकिने यहाँका पासाङ दावाले बताए । ‘हिमाल हेर्न पर्यटकहरुको घुइचो लाग्छ,’ उनले भने ‘यो दक्षिण एसियामै हिमाल हेर्ने अब्बल गन्तव्य हो ।’

सन्दकपुरबाट पुर्वी तर्फ पर्ने छ हजार मिटर उचाइका पाँच दर्जन हिमाल हेर्न सकिन्छ । उत्तरतर्फका ल्होत्से, मकालु, लगायतका हिमाल देख्न सकिन्छ । यहाँबाट पनि नेपालका हिमाल हेरिन्छन् । पर्यटकलाई मध्यनजर गरि सदन्दकपुरमा १४ होटल निजि लगानीबाट होटल सञ्चालित छन् । जसमध्ये दुई ओटा होटल मात्र नेपालीतर्फ सञ्चालन गरिएको छ भने बाँकी होटल भारतीयले नै सञ्चालन गरेका हुन् ।

११ ओटा होटल भारतको पश्चिम बंगाल राज्यको मातहतबाट सञ्चालन गरिएको छ । कर्मचारी नियुक्ति गरेर भारतले होटल सञ्चालन गरेको हो । यहाँ घुम्न आएका पर्यटबाट भएको आम्दानी भारत सरकै ढिकुटिमा जम्मा हुन्छ । तर, आम्दानी भारतले गरिरहेको छ । यो क्षेत्रका पर्यटकिय गन्तव्यहरुबाट भारतले नेपालका हिमालहरु बेचेर यसरी नै आम्दानी गरिरहेको छ ।

हिमाल देखिने धेरै स्थानहरु छन् । तर, एकै स्थानबाट अधिकांश हिमालन देखिने ठाँउ कमै छन् । त्यस्ता पर्यकिय गन्तव्य सन्दकपुर र फालोट हुन् । यस्ता अब्बल पर्यटकिय गन्तव्य भएर पनि नेपालले फाइदा लिन सकेको छ्रैन । पर्यटकिय क्षेत्रमा पुर्वाधार विकास गर्न नसक्दा नेपालको हिमाल देखाएर भारतले एकलौटी आम्दानी गरिरहेको हो । तमोर खबर

Leave a Reply

Your email address will not be published.