इलाममा भ्रमण बर्ष २०२० को तयारी पूरा, हासपोखरी देखि पाथीभरा सम्म पदयात्रा

Breaking News Hot News Special News Trending पर्यटन प्रदेश संस्करण प्रमोसन मनोरञन


फिक्कल:

इलाममा भ्रमण बर्ष २०२० को उद्घाटन जोरकलशमा गरिने भएको छ । बुधबार बिहान जिल्ला स्तरीय पर्यटक प्रवर्धन मुल समारोह समिति ,मेची क्षेत्र पर्यटन प्रवर्धन बिकास समिति र रोङ गाउँपालिकाको संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रम जोर कलशमा उद्घाटन गरिने भएको हो ।
जोरकलशमा भ्रमण बर्षको लोगो बितरण गरेपछि बिभिन्न जातजातीको झाकी प्रदर्शन गरिने छ । भ्रमण बर्षको उद्घाटन प्रदेश सांषदहरु धिरेन्द्र शर्मा र काजीले गर्नुहुने छ ।
रोङ गाउँपालिकाका अध्यक्ष शमसेर राईले हासपोखरी देखि सानो पाथीभरा सम्म पदयात्रा गरिने बताउनु भयो । उहाका अनुसार प्रदेश सांसद , स्थानीय तहका प्रमुख , जिल्लाका सबै सरकारी कार्यालयका प्रमुख , पर्यटन क्षेत्रका संघ संस्था र स्थानीयको सहभागीतामा पाथीभरामा पूजा गरी औपचारीक कार्यक्रम आयोजना गरिएको छ । जिल्ला समन्वय समिति इलामका प्रमुख तथा मुल पर्यटन प्रवर्धन मुल समारोह समितिका संयोजक गणेश बरालले बर्षै भरी पर्यटक भित्रयाउने गरीका कार्यक्रम गर्नु पर्ने बताउनु भयो ।
भ्रमण बर्षकै अवसरमा बुधबार बिहान नेपाल भारत सिमा क्षेत्रको पर्यटकीय गन्तब्य गुफापातालमा समेत बिभिन्न कार्यक्रम आयोजना गरिएको छ । जोरकलश देखि हर्कटे सम्मका बिभिन्न स्थानमा स्वागत द्धार समेत निर्माण गरिएको छ ।
भ्रमण बर्षमा आउने पर्यटकका कारण कन्याम , अन्तु , सन्दकपुरका होटल तथा होमस्टे खचाखच भएको होटल ब्यवसायी संघ इलामका अध्यक्ष देवि पौडेलले एबीसीलाई जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published.