कविता राई गाउँले
देख्दा देख्दै थुपृएर सपना
पहाड भैसक्दा पो बिउझिएँछु
आज
आफ्नै सपनाहरूको पहाडको दुखी अनुहार देखेर
मेरो पनि अनुहार खुम्चिन्छ
नराम्रो पाराले
मेरो खुम्चिएको अनुहार देखेर
मबाट खुशी भाग्नु मेरै भाग्य हो कि दुर्भाग्य रु
पत्तो नै पाएको छैन
बाल्यकालमा
एउटा सपना थियो(
कर्याङ्गकुरुङ्ग बनेर आकाशमा बत्तिने
उडेर एउटै वेगमा तराई ,पहाड ,हिमाल छुने
त्यो सपना खोइ कुन्नी के कारण रु
सपना।।।सपनामै तुहियो
अलिक पछि
परि बन्ने सपनाले पालुवा फेर्यो मभित्र
तर,
कोहि आएन मेरो सामू राजकुमार भएर ।।।
त्यो सपना पनि अधुरै रह्यो
त्यतिकैमा
सपना बद्लियो मेरो
अनि, बन्न चाहेँ म एक सुपरहिट हिरोइन
अचानक कथाको बिपरित
कोहि भिलेन भएर उदाईदियो
त्यो सपना पनि सपनै रह्यो
मेरा सपनहरू त्यति ठूला पनि थिएनन
जस्तोकी
यो देशको म प्रधानमन्त्री बनुँ
र एक्लैले देश हाँकु
समय न हो
समय र हावाको वेग उस्तै उस्तै।।।
बिना सुचना
समयले मलाई कतिबेला म बनाएर छोडिदिएछ
यो मैले देख्न बाँकी सपना थियो