गणेश रसिकका पाँच कृतिको समिक्षा

Breaking News Hot News Mukya Samachar Special News Trending मनोरञन शिक्षा समाज

राजकुमार दहाल अभिलाषी,इलाम:

साह्रै सुर्ता लाग्दैछ पिरले मन पाक्दैछ
खानुलाउनु दुखले होईन चिठी नआउदा
तिम्रो खबर नपाउँदा
“तारा भन्दा धेरै सपना” गीत सग्रह भित्रका साहित्यकार गणेश रसिकका यि गीतका हरुफहरुले अहिलेको मोबायल फेसबुक लगायत सामाजिक सञ्जाल नभएको बेलाको ती यादहरु दिलाउछ जतिबेला खबर आदानप्रदान माया प्रेमका भावहरु चिठीबाट आदानप्रदान गरीन्थ्यो ।
मागी मीठो खाँदैन
चोरी राम्रो लाउँदैन
सधै आफनो पाखुरीमा खान्छ , सिटो पीठो
यो नेपाली ठिटो
यसरी नेपाली वीरताका गाथाको कुरा किन नहोस रसिकका गीतहरुले हरेक क्षेत्रका बिषय बस्तु समेटेका छन् । आफना सृजनामा रसिक यसरी प्रस्तुत भएका छन कि उनको सृजनाले बालक युवा बृद्ध सबैलाई छुन्छ ।
कवि प्रकाश थाम्सुहाङले गणेश रसिक नाम जस्तै रसिक रहेको बताए । हो थाम्सुहाङले भने जस्तै रसिक साच्चै सरल सालिन साधारण जीवन शैलिका साथ आफुलाई सबैको प्रेरणाका धरोहरका रुपमा उभ्याउन सफल एक सालिन सर्जक हुन ।
रसिकका पाचँ कृतिहरुको सगांलो पेरुङगो साङग्रिला पुस्तक प्रा।लि।ले बजारमा ल्याएको छ । पेरुङगोमा आकाशगंगाको ओतमुनि उपन्यास ,दसगजामा उभिएर संस्मरण , मुनिया र उसको छोरो कथा सग्रह , तारा भन्दा सपना धेरै गीतसग्रह र छपक्कै मनमा बसेकाहरु पाचँ कृति रहेका छन ।
साहित्यका प्राय सबै बिद्यामा कलम चलाएर उत्तिकै सफलता हासिल गर्न सफल साहित्यकार रसिकले बजारमा ल्याएका यि पाचँ कृतिहरुले नेपाली पाठकका मन मज्जाले छोएको छ । बि। स २०७६ साल भदौ २७ गते इन्द्रजात्राको दिन प्रथम संस्करणको रुपमा बजारमा आएका गणेश रसिकका यि पाचँ कृति नेपाली साहित्यआकाशमा २०७६ सालको एक राम्रो उपलब्धी हुन भन्दा पक्कै अन्यथा हुदैन ।
साहित्कार रसिकका पाचँ कृति माथी इलाममा एक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । भानु प्रतिभा संरक्षण तथा साहित्य सम्र्बद्धन समिति इलामको आयोजनामा जिल्ला समन्वय समिति इलामको सभाहलमा भेला भएका साहित्यकार समिक्षक कवि तथा पाठकले रसिकका यि पाचँ कृतिहरुबारे निक्कै गहन रुपमा चर्चा परिचर्चा गरेका छन् ।
रसिकका कृतिहरु माथि जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल , पत्रकार समालोचक भाषा बिज्ञ केदार शर्मा , कवि समालोचक प्रकाश थाम्सुहाङले चर्चा गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published.