“नजर” (कविता)

“नजर” (कविता)


मंगेश बस्नेत


नझरु भन्दै थिए, तिम्रो आँखावाट
आँशु वनि, कति कति झरें
नखसुँ भन्दै सोच्दै थिए, तिम्रो नजरबाट
वद्मास वनि, कति कति खसें ।

एकान्तले पोल्छ जब, मात्रै तिम्लाई संझन्छु
चोटै चोटले दुख्छु, तब व्यथा वनि वहन्छु
नखोसुँ भन्दै थिएँ, सुख तिम्रो समिपबाट
चोर वनि कति कति डसें
नखसुँ भन्दै सोच्दै थिए, तिम्रो नजरबाट
वदमास वनि कति कति खसें ।।

सोच्छु जिवन यहाँ, परिभाषा कहिं भेट्दिन
घाऊँ जति लागे पनि, बाँच्ने आँस मेट्दिन
नभागुँ भन्दै थिए, यात्रारुपी बाटो वाट
पाहुना वनि कति कति वास वसें
नखसुँ भन्दै सोच्दै थिए, तिम्रो नजरबाट
वदमास वनि कति कति खसें ।।।