गायिका आस्था राउतलाई पक्राउ गर्न अनुमति

Breaking News Hot News Mukya Samachar Special News Trending गण्डकी प्रदेश मनोरञन समाज

काठमाडौं : गायिका आस्था राउतलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ । अभद्र व्यवहार सम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ अनुमति जारी भएको हो ।प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ गर्न अनुमति दिएको स्रोतले बतायो ।योसँगै राउत प्रहरीको सूचीमा फरार अभियुक्त बनेकी छन् ।

अभद्र व्यवहारमा २५ दिनसम्म थुनामा थुनामा राखेर अनुसन्धान गर्न र एक वर्षसम्म जेल सजायको व्यवस्था प्रमुख जिल्ला अधिकारीले गर्न सक्ने अधिकार रहेको एसएसपी सुवेदीले बताए ।भारत जाने क्रममा झापाको उडान भर्ने बेला त्रिभुवन विमानस्थलमा चेकजाँचका क्रममा प्रहरीले आफूलाई हातपातसहित दुव्र्यवहार गरेको गायिका राउतको आरोप छ ।

राउतले बुधबार नै सामाजिक सञ्जाल फेसबकुमार्फत प्रहरीलाई गाली गरेको भिडियो सार्वजनिक गरेकी थिइन् । विमानस्थलमा खटिएकी प्रहरी जवान रमीता श्रेष्ठले आस्थाविरुद्ध दिएको जाहेरी प्रहरीले दर्ता गरेको हो । प्रहरी अधिकारीका अनुसार आस्था भारतमै रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published.