यलम्वर संवतमा शुभकामना आदानप्रदान

यलम्वर संवतमा शुभकामना आदानप्रदान

इटहरी: यलम्वर संवत ५०८० को अवसरमा आयोजित कार्यक्रममा किरात सांस्कृतिक अभियन्ता र राजनीतिककर्मीहरूले आपसमा शुभकामना आदानप्रदान गरेका छन् । किरात राई सुम्निमा संघ, उपमहानगर कार्यसमिति, इटहरीद्वारा सुनसरीले शनिवार आयोजना गरेको सो कार्यक्रममा सहभागीहरूले किरात संवत येलेदोङनै नेपालको मौलिक संवत भएको बताए
किरात राई सुम्निमा संघ, उपमहानगर कार्यसमिति, इटहरी सुनसरीका अध्यक्ष बन्दना राईको अध्यक्षतामा भएको सो कार्यक्रम प्रथम किरात राजा यलम्वरको तस्वीरमा माल्यार्पण गरी शुरू गरिएको थियो । कार्यक्रमको उद्धेश्यमाथी प्रकाशपार्दै अध्यक्ष राईले नेपालमा सबैभन्दा लामो समय करिब १ हजार ७ शासन गरेका किरात राजगहरूले प्रचलनमा ल्याएको यलम्वर संवतका बारेमा छलफल चलाउन शुभकामना कार्यक्रमको आयोजना गरिएको बताईन् । उनले किरात संवतलाई श्रुतिकालिन इतिहासबाट तथ्यगत इतिहासमा परिणत गराउनेतर्फ कार्यक्रमले बहस सिर्जनागर्ने विश्वास व्यक्त गरिन् ।
कार्यक्रमका प्रमुख अतिथि एवम् सुम्निमा संघ केन्द्रीय उपाध्यक्ष कमला राईले प्रत्येक प्रदेशको नामाकरण भूगोल तथा सभ्यताको आधारमा हुनु पर्ने भएकाले किरात सभ्यताको आधारमा प्रदेश १ को नाम किरात नै हुनुपर्ने जिकिर धारणा राखिन् ।
कार्यक्रममा किरात राई सुम्निमा संघका संस्थापकहरूलाई दोसल्ला ओढाएर सम्मानित गरिएको थियो ।
कार्यक्रममा किरात प्राज्ञ शालिक सतासकले यस किसिमको शुभकामना कार्यक्रमले किरात सभ्यता बारे नयाँ पुस्तालाई जानकारी दिन सकिने बताए । उनले अबको वहस र छलफल यलम्वर संवतको पञ्चाङ्ग विकास गराउनेतर्फ उन्मुख हुनुपर्नेमा जोड दिए ।
त्यसैगरी, नेपाली कांग्रेस इटहरी नगर अध्यक्ष हेमकर्ण पौडेलले ५०८० वर्ष पहिले किरातीहरुले यो मुलुक सञ्चालन गरेको इतिहासलाई भुल्न नसकिने बताउँदै प्रदेश एकको नामाकरणका लागि सम्पूर्ण समुदायले कुनै राजनैतिक पुर्वाग्रह भन्दा माथी उठेर दबाब सिर्जना गर्नुपर्ने बताए ।
कार्यक्रममा भोजपुरको हतुवागढी(६ होम्ताङ घर भएकी मुटुरोगी ११ वर्षीय विविना राईलाई १ लाख ३१ हजार सात सय उपचारार्थ सहयोग रकम प्रदान गरिएको थियो ।
प्रथम किरात राजा यलम्बरको तस्वीरमा माल्यार्पण गर्दै शुरू भएको सो शुभकामना कार्यक्रममा किरात राई सुम्निमा संघ सुनसरी जिल्ला अध्यक्ष सिता राई, किरात राई विद्यार्थी संघ संस्थापक सदस्य दिपेश राई, समाजवादी पार्टी नेपाल इटहरी उपमहानगर अध्यक्ष डिल्ली सुब्बा, किरात राई यायोख्खा सुनसरी जिल्ला अध्यक्ष बलराम राई, किरात राई विद्यार्थी संघ केन्द्रिय अध्यक्ष रामचन्द्र राई, जनजाती महासंघ इटहरी नगर अध्यक्ष राम माण्डुपा, किरा राई विद्यार्थी संघ सुनसरी जिल्ला सचिव चन्द्र किराती, किरात राई विद्यार्थी संघ जनता क्याम्पस समिति सचिव जुनु राई लगायतले यलम्वर संवतको महत्वका बारेमा आफ्नो धारणा राखेका थिए ।
किरात समुदायले हरेक वर्षको माघ १ गतेबाट सुर्यको परिक्रमा लम्बिने तथ्यको आधारमा एलम्बर सम्बत ९नयाँ वर्ष० मनाउँदै आएका छन् ।