भ्यालेनटाइन्स डेमा आदित्य र नेहाको विवाह !

आर्टीष्ट प्रोफाइल कला संस्कृति मनोरञन


काठमान्डौ : निकै समय अघिदेखि आदित्य नारायण र नेहा कक्कडको जोडीको असाध्यै चर्चा भइरहेको छ । इन्डियन आइडल सिजन ११ मा यी दुईको केमेस्ट्रीबारे पनि विशेष कुराकानी हुन्छ ।यी दुईले अफ स्क्रिन नभई अन स्क्रिन विवाह गर्ने कुरा पक्कापक्की भएको छ ।

सोनीले एक भिडियो सेयर गरेको छ जसमा यी दुई रोमान्स गरिरहेको देख्न सकिन्छ ।जारी गरिएको एक भिडियोमा यी दुई ‘काटे नहीं कटते दिन ये रात’ बोलको गीतमा नाचिरहेका छन् । भिडियोको क्याप्सनमा लेखिएको छ, ‘१४ फेबुअरी – मिति याद गर्नुहोस् किनभने यो दिन आदित्य र नेहा विवाह गर्दैछन् ।’

इन्डियन आइडलको मञ्चमा आदित्य र नेहाको परिवार पनि पाहुनाको रुपमा उपस्थित भइसकेका छन् । दुबैको परिवार पनि विवाहको लागि राजी छ । उदित नारायणले त निकै अघि यसमा स्विकारोक्ति दिइसकेका छन् ।उदित नारायणका साथै उनकी श्रीमती दिपा नारायण पनि नेहालाई आफ्नो घरको बुहारी बनाउन चाहिन्छन् ।

इन्डियन आइडल ११ को सेटमा भ्यालेन्टाइन्स डे स्पेशल एपिसोडमा यी दुईले सात फेरो पनि लिने सोनी टिभीले बताएको छ ।यसबाहेक नेहा कक्कड र आदित्य नारायणले पनि सोसल मिडियामा यसबारे जानकारी साझा गरेका छन् ।

नेहाले पनि इन्स्टाग्राममा एउटा फोटो पोष्ट गर्दै लेखेकी छिन्, ‘फेब्रुअरी १४’ ।यस्तै आदित्य नारायणले पनि इन्स्टाग्राममा फोटो पोष्ट गर्दै लेखेका छन्, ‘मेरो मुटुको एउटा टुक्रा’ ।उनीहरुको प्रेम र विवाहको यो फन्डा चर्चा कमाउने एउटा माध्यमको रुपमा प्रयोग गरिएको देखिएको छ ।

Leave a Reply

Your email address will not be published.