गायीका सुनिता कटवाल सांगीतिक प्रस्तुतीका लागि कतार जादै

आर्टीष्ट प्रोफाइल घुमफीर प्रदेश नं. १ प्रमोसन मनोरञन

काठ्माण्डौ :
भ्यालेन्टाईन डे(प्रेम दिवस)का अवसरमा कतारमा आयोजना गरिएको सांगीतिक कार्यक्रममा आफनो प्रस्तुतीका लागि गायीका सुनिता कटवाल कतार जादै छिन ।
प्रदेश नम्बर १ समन्वय परिषद् कतारको समन्वयमा, प्रदेश नम्बर १ का ११ जिल्लाका संस्थद्धारा आयोजित विइन्टर आउटडोर फेष्टीभल २०२० कार्यक्रममा सहभागी हुन गायीका कटवाल कतार जान लागेकी हुँन ।
कतारको दोहामा फेबु्रअरी १४ अर्थात प्रेम दिवसका दिन आयोजना हुने उक्त कार्यक्रममा पूर्वकी चर्चीत गायीका सुनिता कट्वाल र सृष्टी हिङ्गमाङले उक्त कार्यक्रमा कतारमा रहेका नेपालीलाई नेपाली सांगीतिक कोसेली पस्कीने छन । गायीका द्धयका साथमा स्थानीय कलाकारले समेत उक्त कार्यक्रममा सांगीतिक प्रस्तुती राख्ने छन ।
गायीका कट्वाल बिगत एक दशक देखि इटहरीलाइृ कार्यक्षेत्र बनाएर सांगीतिक क्षेत्रमा सक्रिय रहेकी छिन । उनी इटहरीबाट संचालित पाथीभरा रेर्कडिङ स्टुडीयो तथा निषाध संगीत बिद्यालयको संचालिका समेत हुन । उनका दुई दर्जन बढी गीत बजारमा आईसकेका छन । उनका खाट्टी नेपाली , यो मन त्यो मन , पानी पानी जस्ता चर्चीत गीत बजारमा छन । उनी पूर्वका मेला महोत्सव र सांगीतिक कार्यक्रम र भारतका बिभिन्न कार्यक्रममा ब्यस्त हुने गरेकी छन ।


यस्तै गाीका सृष्ष्टी हिङ्गमाङ पनि पूर्वमा ब्यस्त रहने गरेकी छन । उनी पूर्वका मेला महोत्सवमा ब्यस्त रहने गरेकी छिन । लामो समय देखि सांगीतिक क्षेत्रमा रहेकी गायीका हिङ्गमाङका जता हेरेपनि हजुर पूर्वै रमाईलो जस्ता गीत चर्चीत छन ।

Leave a Reply

Your email address will not be published.