लाटो उपग्रह

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर मनोरञन समाज

बसन्त थाम्सुहाङ:

जब देखि,
तिम्रो हृदयको मुहानबाटै
नि:सृत मायाहरू
मेरा कठोर र अचाडु अभिमानहरूमा
सुनन्दन कोमल वर्षा झैँ पोखिए
र, मेरा ति अभिमानहरू
कुनै कम्जोर अालम्व भएको महल जस्तै
गर्ल्याम्म गुर्लुम्म ढले।
अझ जब-
तिम्रा स्निग्ध नयनहरूले
मेरा रूखा संवेदनाहरूलाइ
सात्विक स्पर्ष गरे,
म तरंगित भँए खुशीले अंतर कुन्तर सम्म
अनि निस्पृह भइ सकेका मेरा भावनाहरूले
मधुमासका गीतहरू गाउन लागे।।
र त-
तिम्रो चन्द्रमुखी लालित्यको गुरूत्वाकर्षणमा
कुनै बैज्ञानिक नियमले बाँधिएको
लाटो उपग्रह झैँ
तिमीलाइ केन्द्र मानेर
अनादि देखि घुमिरहेछु,
र अनन्त सम्म घुमिरहनेछु।।।

शब्दार्थ:-
नि:सृत :- बाहिर अाएको, उत्पन्न
सुनन्दन :-सुखद, अानन्द दिने
अचाडु :-अमिल्दो, छुच्चो, भनेको नमान्ने
अालम्ब :-अाधार, जग
स्निग्ध :- सुकोमल, प्रिय, सफा
सात्विक :-असल गुण भएको, जीवन भएको
निस्पृह :-कुनैेेे इच्छा नभएको, बैरागी
मधुमास :-बसन्त ऋतुको महिना, मन खुशी भएको समय
अनादि :-शुरू थाहा नभएको
अनन्त :-अन्त वा सिमा नभएको

Leave a Reply

Your email address will not be published.