कतारमा गायिका सुनिता कटुवाल आधा दर्जन संस्थाद्धारा सम्मानीत

Trending अन्तर्राष्ट्रिय आर्टीष्ट प्रोफाइल जीवन शैली प्रदेश नं. १ प्रमोसन मनोरञन समाचार समाज

काठ्माण्डौ:
सांगीतिक प्रस्तुतीका लागि कतार पुगेकी गायिका सुनिता कट्वाललाई प्रदेश नम्बर १ समन्वय परिषद कतार सहितका आधा दर्जन संघ संस्थाले सम्मान गरेका छन ।


गयिका कटुवाललाई प्रदेश नम्बर १ समन्वय परिषद कतार प्रवासी कटुवाल सेवा समाज , मोरङ सुनसरी सेवा समाज कतार , भोजपुर सेवा समाज , धनकुटा सेवा समाज लगायतका संघ संस्थाले समेत सम्मान गरेका हुँन । प्रदेश १ का ११ जिल्लाका संस्थाहरुको संयुक्त आयोजनामा प्रदेश नम्बर १ समन्वय परिषद कतारको आयोजनामा भएको सांगीतिक प्रस्तुतीका लागि कतार गएकी गायिका कट्वाललाई सांगीतिक क्षेत्रमा पु¥याएको योगदानको उच्च मुल्याङ्कन गर्दै सम्मान गरिएको छ ।
प्रदेश नम्बर १ समन्वय परिषद कतारका अध्यक्ष चुडामणी कार्कीले गायीका कटुवाललाई सम्मान गर्दै नेपाली गीत संगीत र कला संस्कृतिको संरक्षणमा सबै लाग्नु पर्ने बताउनु भयो ।

प्रदेश नम्बर १ समन्वय परिषद कतारद्धारा सम्मानीत हुँदै गायिका सुनिता

यस्तै कतारको मिसाईट स्थित अमाज क्याट्रीङ्को प्राङ्गणमा भएको सामुहिक बनभोज तथा सांस्कृतिक कार्यक्रमका लागि नेपालबाट गएकी गायीका कट्वाललाई सेवा समाजले सम्मान गरेको छ ।

प्रवासी कटुवाल सेवा समाजले गायिका कटुवाललाई सम्मान गर्दै


संस्थाका अध्यक्ष सिताराम कटुवालको सभापतित्वमा तथा संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहकार संयोजक गोपाल कटुवाल प्रमुख आतिथ्यतामा भएको सम्मान कार्यक्रममा कतारमा बिभिन्न संघ संस्थामा कार्यरत कटवालहरुको उपस्थिति रहेको थियो । संस्थाका महासचिव गोबिन्द कटुवालले औपचारिक संचालन गर्नु भएको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष भरत कटुवालले स्वागत मन्तव्य राख्नु भएको थियो ।
सम्मान कार्यक्रममा संस्थाका सल्लाहकार तेज कटुवाल ,सल्लाहकार बिनोद कटुवाल, सल्लाहकार, छविरमण कटुवाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
गायिका कटुवालले प्रवासमा नेपाली दाजुभाईले गरेको प्रगति र नेपाल प्रतिको सद्भावको पंशसा गरेकी थिईन । उनले उक्त कार्यक्रममा अभिभावकत्व प्रदान गर्ने सबै कटवाल दाजुभाई प्रति धन्यवाद दिदै खुशी व्यक्त गरेकी थिईन ।
यस्तै उक्त अवसरमा गायिका कट्वाललाई मोरङ–सुनसरी सेवा समाज, भोजपुर , धनकुटा सेवा समाज कतार लगायतका संघ संस्थाले समेत सम्मान गरेका थिए ।

मोरङ–सुनसरी सेवा समाज कतारद्धारा गायिका कटुवाललाई सम्मान गरिदै

उक्त अवसरमा समाजका बिभिन्न पदाधीकारीको सहभागीता रहेको थियो । यस अघि प्रणय दिवसका अवसरमा दोहामा आयोजीत कार्यक्रममा गायिका कटुवालले बिभिन्न सांगीतिक प्रस्तुती राखेकी थिईन ।

भोजपुर सेवा समाज कतारद्धारा गायिका कटुवाललाई सम्मान गरिदै
धनकुटा सेवा समाज कतारद्धारा गायिका कटुवाललाई सम्मान गरिदै

Leave a Reply

Your email address will not be published.