मलाइकाको ड्रेसले बलिउडमा तरंग

अन्तर्राष्ट्रिय मनोरञन रोचक


काठमाडौँ: बलिउड अभिनेत्री मलाइका अरोरा सोसल मिडियामा प्रायः आफ्ना हट तस्बिर फ्यानको साथमा सेयर गरिरहन्छिन् । उनका तस्बिर तथा भिडियो इन्टरनेटमा आउनेबित्तिकै भाइरल हुन्छन् ।

मलाइका एक कार्यक्रमको क्रममा हाई स्लिट ड्रेस लगाएर उपस्थित भइन् । मलाइका यो आउटफिटमा निकै ग्ल्यामरस देखिएकी थिइन् । मलाइकाले यो कार्यक्रमका लागि फेसन डिजाइनर जियोरगेज चक्रको गाउन चुनेकी थिइन् ।

मलाइकाले यो आउटफिटमा आफ्ना केही तस्बिर सोसल मिडियामा सेयर गरेकी छन् । उनका यी तस्बिरमा फ्यानका साथै बलिउड सेलिब्रिटीले पनि खुलेर प्रतिक्रिया दिएका छन् ।

मलाइकाको तस्बिरमा उनकी मित्र तथा निर्देशक फराह खानको प्रतिक्रिया चर्चामा छ । फराहले मलाइकालाई उडाउँदै लेखेकी छन्, ‘कमिनी यो पहिरन आज रातिको गेम पार्टीमा लगाएर आउनू ।’

फराहको यो प्रतिक्रियामाथि फ्यानले धेरै कमेन्ट गरेका छन् । मलाइका अहिले व्यक्तिगत जीनका कारण चर्चामा छिन् । मलाइका र अर्जुन कपुरको विवाहको खबर बारम्बार आइरहन्छ । उनी अहिले डान्स रियलिटी सो ‘इन्डियाज बेस्ट डान्सर’ को निर्णायक छिन् ।

Leave a Reply

Your email address will not be published.