गायीका बिमलाको होली लक्षित गीत ‘सैंया’सार्वजनिक (भिडियो सहित)

  • 1.9K
    Shares
गायीका बिमलाको होली लक्षित गीत ‘सैंया’सार्वजनिक (भिडियो  सहित)

सुनसरी : गायीका बिमला गुरुङको होली पर्वलाई लक्षित गरी नयाँ गीतको म्यूजिक भिडियो ‘सैंया’ सार्वजनिक भएको छ ।
शुभारम्भ डिजिटल म्यूजिक कम्पनी मार्फत हालै सार्वजनिक गरिएको उक्त गीत रङहरुको पर्व होलीलाई लक्षित गरेर बजारमा ल्याईएको हो । दुई दुना चार बोलको उक्त गीतमा पूर्वको इटहरीमा ब्यवसाय संगै गीत संगीतमा सक्रिय गायीका बिमला गुरुङ र गायक राजकुमार नेपालीको स्वर रहेको छ । उक्त गीतमा रमेश परियारको शब्द रहेको छ भने सरोज भारतीको संगीत रहेको छ । गीतमा सक्किगोनी सिरियलकी चर्चीत कलाकार रक्षा श्रेष्ठ लगायतको अभिनय रहेको छ । पछिल्लो समय होलीका गीत बजारमा कमै मात्र आउन थालेका छन । होलीलाई समेटेर टिप्पीकल शब्द भएकाले पनि गीत राम्रो चल्ने गायीका गुरुङले बताईन । उनले होली लक्षित गीत दर्शकले मनपराउने दावी गरिन ।
गायीका गुरुङले यस अघि पनि बजारमा गीत ल्याई सकेकी थिईन भने चाडै अर्को गीत बजारमा ल्याउने तयारीमा रहेको जानकारी उनले दिएकी छन् । गायीका गुरुङ इटहरीकी होटल ब्यवसायी समेत हुँन ।
भिडियो