गायीका सुनिता कटुवालको ‘यो मन’ गीत सार्वजानिक (भिडियो)

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ प्रमोसन मनोरञन

सुनसरी :
गायीका सुनिता कटुवालको ‘यो मनले त्यो मनलाई’ बोलको गीतको म्यूजिक भिडियो सार्वजानिक भएको छ ।
दर्जनौ गीत बजारमा ल्याएर चर्चा कमाई सकेकी सुनिताले ‘यो मनले त्यो मनलाई’ बोलको आधुनिक गीतको भिडियो यूटुव मार्फत सार्वजनिक गरेकी हुँन । गायीका कटुवालले गीत सबै स्रोता ,दर्शकले मनपराउने बताईन ।
संचारकर्मी प्रेम अधिकारीको शब्द तथा बलराम समालको संगीत रहेको उक्त गीत पूर्वमै छायाङ्कन गरिएको छ । भिडियोमा समिर, बसन्त, सुधामा , सुस्मिता र अस्मिताले अभिनय गरेका छन । बसन्त राईको सम्पादन रहेको उक्त भिडियोलाई भिडियोलाइ श्री कुमार साम्पाङले निर्देशन गरेका छन् ।


इटहरीबाट संचालित पाथीभरा रेर्कडिङ स्टुडियो तथा निषाद संगीत बिद्यालयको संचालक समेत रहेकी गायीकाले इटहरीलाई कर्मथलो बनाएर सांगीतिक क्षेत्रमा संर्घष गरीरहेकी छन । केहि दिन अघि कतारमा सांगीतिक प्रस्तुती दिएर आएकी गायीका सुनिता पूर्वका बिभिन्न सांगीतिक कार्यक्रममा ब्यस्त हुने गरेकी छन ।

भिडियो

Leave a Reply

Your email address will not be published.