गायक शिब परीयारलाइ स्वरका बादशाह उपाधीसहित सम्मान

Breaking News Hot News Mukya Samachar Special News Trending आर्टीष्ट प्रोफाइल मनोरञन

महेश आचार्य , काठ्माण्डौ :

उपमा नदिए पनी उनी नेपाली सुगम सङ्गीतमा स्वरका बादशाह नै हुन भन्दा अत्युक्ति नहोला । उनले गाएका गीत र गजलहरुको निरन्तर लोकप्रीयता र स्तरले पनी यो पुस्टी गर्दछ । घोस्ट राइटिंग नेपालले आयोजना गरेको कार्यक्रम गीत गजल र शीतल मार्फत कठिन साधना र संघर्षबाट खारीएका यीनै सुप्रसिद्ध गायक शिब परीयार एउटा सुन्दर अनि निक्कै अर्थपुर्ण उपनाम स्वरका बादशाह सहित सम्मानित भएका छन । नेपाली सङ्गीत क्षेत्रमा मृत्युपर्यन्त मात्र हुने यस्तो सम्मान जीन्दगी छदै देखीनु स्वागतयोग्य मान्नैपर्छ ।

शब्द र संगीतको अर्थलाइ साच्चै न्याय गर्न सक्ने थोरै गायकमध्ये पर्ने शिब परीयारले गाएका गीतहरु पछिल्लो समय करोड भ्युज मा समेत परेका छन । उनका अत्यन्तै लोकपृय गीतर गजलहरुमा फेवा तालमा साईली ,अलिकति नज़र तिम्रो, धेरै चोटी मरें म त, कहाँ थियौ तिमि, क्या दामी भो, नभेटी नभेटी, अल्लारे, पिलायो साथीले, संगी, आँसुको अर्थ र युवा पुस्तालाइ समर्पण गरेको गीत मलाइ म जस्तै बन्न देउ रहेका छन ।

गत शनिबार आयोजीत कार्यक्रममा अतिथिको रुपमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, नेपाल टेलिभिजनका निर्देशक टंक पन्त, कवि साहित्यकार तथा गीतकार बिप्लव प्रतिक तथा गज़लकार शीतल कादम्बिनि गुरुङले दोसल्ला, खादा तथा प्रमाणपत्रसहित अभिनन्दन गर्नु भएको थियो भने नेपालि साहित्यमा बिशेष गरि कविता, गीत गज़ल र संगीत प्रति समर्पित स्रस्टाहरुलाई प्रोत्साहन तथा सम्मान गर्ने उदेश्यले आयोजना गरिने यस कार्यक्रममा अर्का अतिथि बरिस्ठ साहित्यकार, कवि तथा गीतकार बिप्लव प्रतीकले आफ्ना गीतहरु वाचन गर्नु भएको थियो त्यसैगरी बरिस्ठ साहित्यकार तथा गजलकार शीतल कादम्बिनी गुरुङले पनि आफ्ना गीत गजल वाचन गर्नु भएको थियो, दुवै स्रष्टाहरुको वाचनले कार्यक्रम उल्लासमय बनेको थियो ।

This image has an empty alt attribute; its file name is siva-2.jpg

स्वर, गायन र साधनाको उच्चकोटिको समिश्रणले सम्पूर्ण नेपालीहरुलाई स्वरको उत्कृष्ट नमुना नेपाली संगीतमा प्रस्तुत गरेकै कारण गायक परियारलाई यस किसिमको उपमाले सम्मानित गरिएको साहित्यकार तथा गज़लाकार शीतल कादम्बिनिले बताउनु भयो ।

गायक परियार पुर्बीय शास्त्रीय संगीतको साधना र चिन्तन सहित नेपाली संगीतमा पदार्पण गरेका उम्दा गायक हुन् ।

Leave a Reply

Your email address will not be published.