काठमाडौं : युवा पुस्ताका चर्चित गायक तथा संगीतकार डेनी निरौलाको एकल गायन कार्यक्रम काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा भव्य रुपमा सम्पन्न भएको छ । सांस्कृतिक संस्थानले हरेक महिनाको अन्तिम बिहीबार आयोजना गर्दै आएको सुर(साधनाको १८औं श्रृङ्खलामा उहाँको एकल गायन कार्यक्रम आयोजना गरिएको आयोजकको भनाई छ ।
त्यस अवसरमा गायक तथा संगीतकार डेनी निरौलाले आफ्ना ६ वटा तथा अग्रजहरु श्रष्टाहरुका जति चोट दिन्छौं( देऊ मायालु‘,भन्थिन उनी मेरी।।, अल्झेछ क्यारे पछ्यौरी।। र धेरै चोटी आँखा जुधे तर।।,बोलका गीतहरु गाएर दर्शक तथा श्रोतालाई मन्त्रमुग्ध बनाउनु भएको थियो । ती मध्येका २ वटा डोयड गीतमा गायिका तथा उहाँ कै बहिनी झुमा निरौलाले उहाँलाई साथ दिनुभयो ।
सो कार्यक्रममा वरिष्ठ गीतकार तथा तथा स्रष्टा चेतन कार्की, बिघटित संबिधानसभाका अध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का संसदीय दलका उप(नेता सुवाशचन्द्र नेम्वाङ्ग , नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरी , वरिष्ठ कलाकारहरु गणेश रसिक , प्रकाश सायमी सायमी ,सूर्य थुलुङ्ग ,गणेश पराजुली, वरिष्ठ संगीतकार बुद्धवीर लामा , वरिष्ठ गीतकार सुवासचन्द्र ढुङ्गेल सहित विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुले पूरै समय बसेर उहाँका सबै गीतहरु सुन्नु भएको थियो । त्यस अवसरमा बाध्य साधनको संयोजन कलाकार तथा त्यस सभाका अध्यक्ष खड्गबहादुर बुढामगरले गर्नु भएको थियो ।
सो अवसरमा बोल्दै वरिष्ठ गीतकार तथा स्रष्टा चेतन कार्कीले राज्यले कलाकारलाई राष्ट्रको गहना भने पनि साँचो अर्थमा कलाकारलाई सम्मान गर्न नसकेको बताउदै युवा पुस्ताका गायक तथा संगीतकार डेनी निरौलामा आफूले धेरै राम्रो सम्भावना देखेकोले यिनको उत्तरोतर प्रगतिको लागि आफ्नो आशिर्वचन रहेको बताउनुभयो भने बिघटित संविधानसभाका अध्यक्ष नेम्वाङले डेनीले गाएको गीत सुनेपछि उनका आफ्ना पिता कोमल निरौलाको सांगीतिक क्षेत्रमा रहेका अधुरा कार्य डेनी निरौला र झुमा निरौलाबाट पूरा हुने आशा व्यक्त गर्दै सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो ।
वरिष्ठ गायक तथा संगीतकार कोमल निरौलाले आफ्नो छोरा डेनी निरौला मेरो आफ्नो कारणले भन्दा पनि उनको आफ्नो कर्मले सफलताको सिंढी चढिरहेको र आफूले केवल टेवा मात्रै दिएको बताउनुभयो । उहाँले छोरा डेनीको सांगीतिक यात्राको बारेमा चर्चा गर्दै डेनीले सांगीतिक क्षेत्रमा सफलताका लागि अझैं धेरै गर्न बाकी रहेकोले सन्तोष मान्ने बेला भएको छैन भन्नुभयो ।
सोही अवसरमा ख्याती प्राप्त निर्देशक तथा सर्जक प्रकाश सायमीले ऋणको भारले थिचिएको सांस्कृतिक संस्थानले राजेश थापा महाप्रवन्धक भएदेखि शुरु गरेको सुर(साधनाको १८औं श्रृङ्खलामा एक गायन प्रस्तुत गर्न गइरहेका गायक तथा संगीतकार डेनी निरौला सफलताको सिंढी चढ्दै गरेका र उनमा आफूले अझै धेरै सम्भावना देखेको बताउनुभयो ।
उहाँले २०३९ सालमा त्यसबेलाका सशक्त गायक तथा डेनीका बुवा कोमल निरौलालाई भेटेदेखि नै यो परिवारसँग आफ्नो सम्बन्ध राम्रो रहेको बताउनुभयो भने सो एकल गायन कार्यक्रममा आफ्नी दिवंगत माता सरस्वती घिमिरे प्रति समर्पित गरी गीत गाएका गायक तथा संगीतकार डेनी निरौलाले आफ्नो सांगीतिक यात्रामा आफ्नी श्रीमती सविता नेपाल सहित परिवारको साथ र सहयोग पाइरहेको बताउनुभयो ।
तीर्थ पोखरेलले सञ्चालन गर्नु भएको त्यस कार्यक्रममा सांस्कृतिक संस्थान , नामसालिङ्ग सेवा मञ्च र काठमाडौंको थापागाउँमा रहेको उत्प्रेरणा बचत तथा ऋण सहकारी संस्था लि.ले गायक तथा डेनी निरौलालाई सम्मान गरेका थिए भने उत्प्रेरणा बचत तथा ऋण सहकारी संस्था लि. र गजुरमुखी कन्ट्रक्सन प्रा।लि।ले कार्यक्रममा सहयोग गरेको त्यसै अवसरमा बताइयो ।
बुवा कोमलका अतिरिक्त हजुरबुवा शर्मानन्द उपाध्याय , ठुला बुवाहरु विष्णुकुमार शर्मा निरौला र फणिन्द्र निरौला लगायतले बनाउने गरेको सांगीतिक माहोलले डेनी निरौलालाई सांगीतिक क्षेत्रमा लाग्न उत्प्रेरणा मिलेको जानकारहरुको भनाई छ । सहकारी संजाल
गायक तथा संगीतकार डेनी निरौलाको एकल गायन सम्पन्न
