हल्ला -(कविता)

प्रमोसन मनोरञन विचार


कविता राई गाउँले :

पत्यार लाग्नलाई त हो
अनावश्यक गरिने जबर्जस्त हल्ला

जस्तोकी
यतिबेला कोरना भाईरसको हल्लाले
संसार हल्लिरहेकोछ
मृत्युको ताण्डव नृत्य
आफ्नै आँखाले हेर्ने मौका मिलेको
हल्लाले नै बताइरहेकोछ

जस्तोकी
अभावको हल्लाले कालोबजारी
ह्वारह्वार्ती दन्किरहेकोछ

जस्तोकि
एम्सीसीको हल्ला
कोरोना भाइरसमा समाहित भएर
मस्तिष्कको दुरदराजमा थन्किसक्यो

जस्तोकि
प्रत्यक्षदर्शी भएर पनि
हाम्रै अगाडि भर्खरै
करोडको हल्ला
एउटा मृगौलामा पुगेर साम्य भो

जस्तोकी
बलात्कारका हरेक घटनामा
हल्लाले आगो सल्काउँछ
र हल्लाले नै खरानी बनाईदिन्छ

हजुर
यस्ता लाखौं हल्ला
हल्लामै बिलाउने गरेकाछन
जुन उदाहरणिया हल्लालाई मात्र स्मरण गर्दा पनि
दिमाग दुख्छ बेस्सरी
मन छिया छिया हुन्छ अनायसै

कतै म पनि
हल्लाकै पछि लामबद्द उभिएकी त छुइनरु
माङ।।माङ।माङ ।।।।

Leave a Reply

Your email address will not be published.