गायिका झुमा निरौलाको ‘हेर कान्छा इलाम हाम्रो’ सार्वजनिक (भिडियोसहित)

आर्टीष्ट प्रोफाइल मनोरञन

काठमाडौं : सुमधुर स्वरकी धनी गायिका झुमा निरौलाको स्वरमा सजिएको गीत ‘हेर कान्छा इलाम हाम्रो’को भिडियो सार्वजनिक गरिएको छ । बरिस्ठ गायक तथा संगीतकार कोमल निरौलाको शब्द तथा संगीत रहेको गीतको भिडियो झुमा निरौलाको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
गीतमा इलाम जिल्लाको सुन्दरतालाई बर्णन गरिएको छ । बिष्णु अधिकारीको संगीत संयोजन रहेको गीतमा भोला पौडेलको मिक्सिङ, महेश्वरमान राजभण्डारीको मास्टरिङ्ग र किसन अर्यालको सम्पादन रहेको छ । गीत निकै सुमधुर भएकोले दर्शक स्रोताहरुले मन पराउनेमा आफु आसाबादी रहेको गायिका झुमाको भनाइ छ । देउराली न्यूजबाट
भिडियो

Leave a Reply

Your email address will not be published.