नगरपालिकाले गरेको आर्थिक सहयोगमा बिभेद

Hot News समाज

.
गोबिन्द पौडेल ,सु. न.पा:
सुयोदय नगरपालिका वडा नं ६ तारगाउमा निमार्ण गरिएको दुइवटा मन्दिरलाइ नगरपालिकाले गरेको आर्थिक सहयोगमा बिभेद देखीएको छ ।
तारगाउको स्कुलडाडामा बनेको शैलेश्वर शिव मन्दिरलाइ नगरपालिकाले आर्थिक बर्ष २०७४( ७५ मा ५० हजार अनुदान दिइको छ भने त्यसको करिव पाचसय मिटर निरौलागाउमा बनेको रामजानकी मन्दिरलाइ चालु बषैमा १ लाख सहयोग गरेको बिबरण आएपछि यो बिभेद देखिएको हो ।
सुर्योदय नगरपालिका वडा नं ६ तारगाउको सिरानमा रहेको सिहदेविस्थान परिसर,थलथले सिमसार क्षेत्रमा मन्दिर निर्माण गर्ने उदेश्यले २०६९ बैशाख ३ गतेबाट ९ गतेसम्म श्रीमद्भागवत सप्ताह महापुराण बाट बचत रहेका रकम ४ लाख ४० हजार १ सय ४३ रुपैया वाट मन्दिर निमार्णको कार्य थालानी गरिएकामा स्थानियबासी र भक्तहरुबाट प्राप्त थप सहयोग , तुलादान , जग्गा बाफतको सट्टा रकम र सापटी समेत १० लाख १९ हजार ५ सय ५४ रुपैया खर्च हुदा मन्दिरको पहिलो तला मात्र निर्माण हुन सकेको।

मन्दिर निमार्ण समितिको सक्रियतामा थप ५ लाख ५१ हजार ३ सय ७५ रुपैया ब्यवस्थापन गरि कुल १५ लाख ७० हजार ९ सय २९ रुपैयाको लागतमा प्यागोडा शैलिको मन्दिर निमार्ण गरि गजुर र शिव पाञ्चायन देवताको मुर्ति ब्यवस्थापन गरि गत फागुन २० गते प्राण प्रतिष्ठा गरि उद्घाटन गरिएको थियो ।शिब मदिरमंन्दिर निमार्णको लागि स्थानिय समाजसेवी टेक बहादुर गुरुङ्ग र तेज बहादुर कार्कीले जग्गा दान गर्नु भएको थियो ।
यसंगरि निरौला टोलमा मन्दिर निर्माणको लागि २०७४ कार्तिक २० गतेबाट २८ गतेसम्म नवाह वाल्मिकी रामायण पाठ गरिएको थियो जसमा कूल ८ लाख ३० हजार २ सय २ रुपैया संकलन भएकोमा ५ लाख २६ हजार ६ सय एकतहर रुपैया खर्च भएको र बाकी रकममा सुयोदय नगरपालिकाको सहयोग १ लाख सहित कूल ७ लाख ५० हजारको लागतमा राम जानकीको मन्दिर निमार्ण गरिएको हो ।

मन्दिर निमार्णको लागि स्थानिय उमाकान्त निरौलाले १ रोपनी र भिमावती निरौलाले आधा रोपनी जग्गा दान गर्नु भएको थियो । मन्दिर निमार्णपछि गत बैशाख २४,देखी ३ दिनसम्म धार्मिक अनुष्ठान गरि मन्दिरमा राखिएको मुर्तिहरुको प्राण प्रतिष्ठा गरि उद्घाटन गरिएको थियो ।
अहिले पनि दुबै मनिदरको केही संरचना निमार्ण गर्न बाकी रहेकोले आगामी दिनहरुमा दुबै मन्दिरलाइ समान रुपमा बिकास गर्दै लगिने सुयोदय नगरपालिका वडा नं ६ का वडाध्यक्ष शिबकुमार बस्नेतले बताए ।

                 

Leave a Reply

Your email address will not be published.