दार्जेलिङकी केटी

दार्जेलिङकी केटी

चेतनाथ आचार्य

चैतमा केही समय निकालेर रमेश र प्रकाशसँगै दार्जेलिङ घुम्ने योजना बन्यो। काठमाडौंबाट रात्रिबस चढेर इलामको पशुपतिनगर हुँदै दार्जेलिङ पुग्दा निकै चिसो थियो।

ट्याक्सीबाट ओर्लनासाथ हामी दुविधामा पर्‍यौं। रात्रिबसको अनिधोमा निकै थाकेका थियौं। भोक पनि थियो। एउटा केटाले हाम्रो छेउमा आएर सोध्यो ुअन्त तपैंहरूलाई होटल चाहिएको होरु हाम्रो दाजुको दा‘मी होटल छ हौ। डल्लै दार्जेलिङकै फस्टक्लास।ु

उसले भनेजस्तो महँगो हैन आफ्नो गोजीले भ्याउने होटल हामीलाई चाहिएको थियो। रमेशले भन्यो ुभाइ हामीलाई अलिक सस्तो खालको होटल चाहिएको छ।ु

उसले हाम्रो झोला समाउँदै भन्यो ुआम्बो भइहाल्छ नि। हिँड्नुहोस् म होटल देखाइदिन्छु।ु

हामी उसको पछिपछि लाग्यौं। गल्लीको बाटो र साँघुरो ढुंगाको सिँढी चढाउँदै सात मिनेटपछि उसले खुला र फराकिलो चोकमा पुर्‍यायो। त्यहाँ घोडा डोर्‍याउँदै यताउता मान्छेहरू यताउता गर्दै थिए। मध्यान्हपछिको पारिलो घाममा घोडा चढेर फोटो खिच्नेको भीडलाई छल्दै केटाले भन्यो ुअन्त दाजु यसलाई चौरस्ता बोल्छ। आबु हामी होटलमा आइपुग्यौं। ऊ त्यहीँ हो।ु उसले ओठलाई चुच्चो बनाउँदै देखायो।

गुजुमुज्ज परेका घरहरूमा कुन चाहिँ देखायो मैले भेउ पाइनँ। प्रकाश र रमेशतिर फर्किएको उनीहरू पनि ओठ लेपार्दै थिए।

केहीबेर तेर्सो हिँडेपछि सानो च्यापबाट घरभित्र छिरायो। मैले बाहिरपट्टिको बोर्ड पढें। त्यहाँ लेखिएको थियो ुश्रीराम होटल।ु

तीनवटा बेड भएको एउटा कोठा ठीकैको दाममा पाइयो। भातको अर्डर गरेर हामी माथिल्लो तलाको कोठामा पस्यौं। हात मुख धोयौं र खाना खान झर्‍यौं।

खाना खाइवरी केहीबेर सुस्ताउने विचारले हामी कोठामा पस्यौं। रात्रिबसले उफारेर थिलथिलो भएको ज्यानमा तातोभात लागेपछि त तीनै जना भुसुक्कै निदाएछौं। ढोकामा टकटक हिर्काएको आवाजले हाम्रो निद्रा बिथोलियो। होटलवालाले बेलुकाको खाना खाने कि भनेर सोध्यो। केही घण्टा अगाडिमात्र टन्न खाएकाले हामीले बेलुकाको खाना नखाने बतायौं।

भोलिपल्ट बिहान हामी चौरस्तातिर निस्कियौं। डम्म भुँइकुहिरोले ढाकेको थियो।

ुदार्जेलिङ त पहाडकी रानी हैन खरानी जस्तो पो देखियोु रमेशले भन्यो। चौरस्ता छेउका क्युरियो र पोष्टकार्ड पसलहरू खोल्दै थिए व्यापारीहरू। अघिल्लो दिउँसोको भातले छोडिसकेको थियो। हामीले भात खाएर घुम्न निस्कने निधो गर्‍यौं र होटलमा फर्किएर भातको अर्डर गर्‍यौं।

खाना खाएर साढे दसमा हामी होटलबाट निस्कियौं। कहाँ घुम्ने, के हेर्ने, कता जाने केही थाहा थिएन। तीनै जना पहिलोपटक पुगेकाले अब सोध्दै घुम्ने विचार गरेर हिँड्दै थियौं। भुइँकुहिरो हटेर दार्जेलिङ चिटिक्क साँच्चै पहाडकी रानी जस्तै देखिएको थियो।

ुआम्बो दिनेश सर हैनरुु हामीतिरै आउँदै गरेकी एउटी युवतीले भनी। हामी बिरानो ठाउँमा थियौं। निश्फिक्री गफ गर्ने र ठूल्ठूलो स्वरमा कुरा गर्दै हिँडिरहेका हामीलाई कसैले चिन्ने कुरै थिएन। त्यो केटीलाई बेवास्ता गर्दै हामी अगाडि बढ्यौं।

ुक्याटमाण्डुको दिनेश सर हैन ररु कि मेरो आँखाले धोका खायो हौरुु त्यो केटी फरक्क फर्केर हामीतिरै हिँड्दै भन्न थाली ुमदरल्याण्ड स्कुलको प्रिन्सिपल दिनेश सर क्या।ु

हिँड्दै गरेका रमेशजी टक्क रोकिए र मुसुमुसु हाँसिरहेकी केटीको अनुहार हेर्न थाले। त्यो केटीले रमेशलाई दिनेश भन्ठानेकी रहिछे। रमेशको दाजु दिनेश र रमेशको अनुहार हुबहु मिल्थ्यो। दिनेश पहिले मदरल्याण्ड स्कुलको प्रिन्सिपल थियो। दुई वर्ष अगाडि स्कुल बेचेर ऊ अमेरिका गइसकेको थियो।

ुआम्बो दिनेश सरको अनुहार र तपैंको अनुहार त डल्लै मिल्छ त जेरक्स कपी जस्तै।ु सबै कुरा थाहा पाएर केटीले लजाउँदै भनी सरी ल। मैले त दिनेश सर भन्ठानेर पो त। दुई वर्ष मदरल्याण्ड स्कुलमा टिचिङ गरेको नि मैले पनि।ु

ुदिनेश सर नभए पनि हामी दिनेश जत्तिकै हौं। पहिलोपटक दार्जेलिङ घुम्न आएको,ु मैले भनें।

ुबाइ द वे म कन्चन। मेरो घर उ‘ तल बासबोटेमा छ।ु उसले हामीसँग हात मिलाउँदै भनी ुफस्टटाइम आउनु भारै’छ। म तपैंहरूलाई डल्लै घुमाइदिन्छु नि ल।ु जिन्सको पेन्ट र रातो सुइटर लगाएकी उसले रातै टोपीमा कालो चस्मा लगाएकी थिइ। सानो झोला बोकेकी त्यो केटी हाम्रा लागि दार्जेलिङको थुम्कामा देखिएकी काल्पनिक अप्सरा थिइ।

हामीलाई ढुंगा खोज्दा देउता मिले जस्तो भयो। उसलाई गाइड लिएर हिँडेपछि कति पैसा दिनेरु भन्ने दुविधा हामीमा थियो। हामीले चौरस्ताको एउटा कुनामा उसलाई छलेर सल्लाह गर्‍यौं। ठीकै ठीकै पैसा लिने रहिछे भने लाने सल्लाह भयो। रमेशले भन्यो ुहुन्छ दिनभर घुमाएको कति पैसा लिनुहुन्छ कन्चनजीरुु

ुआम्बो दाजु केको पैसा हौरुु चनमती आँखा सन्काउँदै उसले भनी ुअन्त मैले त दिनेश सरको साथीहरू भनेर पो घुमाउने भनेको त। पैसा चाहिँदैन दाजु। हामी त्यस्तो चुइयाँ छैनौं ल।ु

लौ त भनेर हामी उसको पछि लाग्यौं। दार्जेलिङ चिनाउनुभन्दा पहिले उसले आफ्नो बेलिबिस्तार लगाइ।

‘मलाई क्याटमाण्डुको बारेमा डल्लै थाहा छ क्या। उ‘ क्या त फस्टटाइम मैले एउटा स्कुलमा चार महिना पढाएँ हो। त्यो स्कुलको प्रिन्सिपल त लास्टै बोका रहेछ। मेरो साथी क्याटमाण्डु घुम्न गएको बेला मैले एडभान्स स्यालरी माग्दा के भन्यो याद छरु आम्बो अनि मैले सर मोलाई एडभान्स ५ हजार दिनुहोस्। मो स्यालरी आएपछि दिन्छु भनें हो। स्यालरी ५ दिन वादमा आउने थियो हो। उसले कुरै बुझेन। अनि मैले उसको छेउमा गएर फेरि भनें सर मोलाई पाँच हजार रुपैयाँ दिनुहोस् पाँच दिनपछि दिन्छु भनेको त उसले त आम्बो के भन्यो याद छरु ुपाँच हजार हैन सात हजार दिन्छु आजुइ देऊु पो भन्यो। मैले कुरै नबुझेको नि सुरूमा त। उसले पूरै ननभेज कुरा पो गरेको रहेछ। मेरो त भेजा खायो नि। मैले त त्यही दिन जब क्विट गरें नि हो। अन्त म जब खोज्दै दिनेश सरकोमा पुगेको नि हो। आम्बो दिनेश सर त आफ्नै दाजु जस्तो क्या। दुई वर्ष काम गरेपछि आमा बिरामी भएपछि दार्जेलिङ वापस हुनुपर्‍यो त। मो हिँड्ने बेलामा त डल्लै स्टुडेन्टहरू रुयो नि। दिनेश सर पनि क्या सेन्टिमेन्ट भएर लुक्केर आँशु पुछेको नि।’

हामीलाई उसका कुरा रमाइलो लागिरहेको थियो। उसले दुःखका कुरा गर्दा पनि हामीलाई रमाइलो हुन्थ्यो। सुखका कुरा गर्दा नि उस्तै। ऊसँग बेजोडको कला र भावना थियो अनि उर्जा पनि। उसले आफ्नो घरको बारेमा पनि हामीलाई बताइ।

घरमा त आमा र मो मात्र हो। बाउले पहिले नै कान्छी आमा च्यापेर सिङमाडीतिर टाप कस्यो हो। आमाको मुटुमा प्रोब्लेम भएर मो त यतिबेला घरमै बस्छु। साँझ ट्युसन पढाउँछु। अन्त खाना खानु चलेकै छ। हाम्रो दुःख टीस्टा नदी जस्तै हो। दुःख सुसाउँदै सधैं बगिरहनुपर्छ। जिन्दगी जस्तो छ त्यस्तै जिउनु पर्छ क्या। आजुको लागि त बाँच्ने हो नि। भोलि त कसलाई थाहा र१

रमाइला कुरामा भुलिँदै हामी उसलाई पछ्याउँदै थियौं। ऊ जिन्दगीको डुङ्गारुपी दर्शनलाई कति सजिलै खियाउँदै सलल बग्दै थिइ।

ुअन्त दाजु उ‘ त्यो चाहिँ प्रशान्त तामाङको घर होु चौरस्ताबाट तेर्सैतेर्सो हिँडाएर एउटा गल्लीबाट ओरालो तुङसुङतिर देखाउँदै उसले भनी ुप्रशान्त ब्रोले क्या दामी गाउँछ। म त उसको डाइहार्ट फ्यान हो क्या।ु

भिरमा टाँसिएका चित्रजस्ता देखिन्थे तुङसुङका घरहरू। कुन घर चाहिँ प्रशान्त तामाङको हो हामीले ठम्याउन सकेनौं। हामीलाई प्रशान्त तामाङको बारेमा खासै चासो पनि थिएन।

ुहिजोआजु त प्रशान्त ब्रो नेपालमा सुपरस्टार‘ भएको छु उसले स्टारपछि निकै लामो लेघ्रो तानेर भनी ुगोर्खापल्टन फिलिममा क्या हरिप एक्टिङ गरेको छ उसले। मलाई त लास्टै मनपर्छ क्या। उसको डान्सको स्टेप्समा मैले पनि स्कुलमा डान्स गरेको क्या बबाल भयो।ु उसले दाहिने खुट्टा उचालेर तिघ्रानेर दाहिने हात रगडे जस्तो गरेर ुजाउँला रेलैमा सरर गोर्खा पल्टनु गीत गुनगुनाउँदै नाचेको नक्कल गरी।

साथीहरू उसलाई हेरेर मरिमरि हाँस्न थाले।

उसलाई हाम्रो हाँसोसँग कुनै वास्ता थिएन। उसलाई पछ्याउँदै जाँदा हामी चिडियाखाना पुगेछौं। प्रवेशद्वारमा हामीले उसको पनि टिकट किनिदियौं। उसले भनी ुसाँच्चै आजु मसँग पैसा थिएन। मलाई लास्टै लाज लाग्यो हौ।ु ऊ एउटी खुला किताब थिइ। उसको नाम जस्तै मन पनि कन्चन थियो।

चिडियाखाना घुमाउँदै उसले भनी ुअन्त नेपालको त इत्रु छ क्या जु पनि। मैले आधा घण्टामै डल्लै घुमिभ्याएको नि।ु ऊ चिडियाखानाका हरेक जनावरको परिचय दिँदै जान्थी। उसको लवज जतिसुन्यो उति रमाइलो थियो हाम्रो लागि। एक ठाउँमा पुगेपछि उसले भनी ुअन्त यो चाहिँ स्नोलियोपार्ट हो। क्या लभ्ली छ हेर्नुहोस् त दाजु। नेपालमा त छैन है।ु

ुअन्त उयो केरे आजु तपैंहरूलाई म स्पेसल ठाउँ पनि देखाउँछु ल।ु उसले दुवै हात टाउको माथि लगेर चुली बनाउँदै भनी ुमाउन्टेरिङ म्युजयम् क्या। हाम्रो तेन्जिङले एभेरेष्ट चढेको म्युजियम छ के यहाँ।ु

हाम्रा काना ठाडा भए। ओहो त्यस्तो संग्रहालय पनि रहेछ भनेर हामीले मुखामुख गर्‍यौं। उसले एउटा हलभित्र लगी। साँच्चै नै त्यहाँ तेन्जिङ शेर्पा र र एडबन हिलारीले सगरमाथाको पहिलो आरोहण गरेको समयका सामग्रीहरू सङ्कलन गरिएको रहेछ। त्यहाँबाट निस्केपछि उसले हामीलाई तेन्जिङको समाधिस्थलमा लगी। तेन्जिङको समाधिस्थल दार्जेलिङमा छ भन्ने कुरा हामी तीनै भाइलाई थाहा थिएन। तेन्जिङ शेर्पाले नेपाल र न्युजिल्याण्डको झण्डा बोकेर सगरमाथाको शिखरमा उभिरहेको शालिक बनाइएको रहेछ। त्यही शालिकको अगाडि उनको समाधिस्थल रहेछ।

समाधिस्थल अगाडि उभ्याएर उसले हामीलाई मौनधारण गर्न लगाइ। मौनधारण सकिएपछि उसले भनी ुअन्त हाम्रो तेन्जिङ दाजुलाई रेस्पेक्ट गर्नु पर्छ नि हो। तपैंलाई याद छ तेन्जिङ दाजु त हाम्रो इन्डियाको शान हो नि। उ क्या त सिल्गुडीमा डल्लै रोडको नाम तेन्जिङ दाजुको नाममा राखेको छ।ु

ुतेन्जिङ शेर्पा नेपाली हो कन्चनजी। उसलाई विश्वले नेपाली भनेर चिन्छ।ु मैले उसको भनाइलाई प्रतिवाद गर्दै भनें ुतपाईं कसरी उसलाई भारतको शान भनेर भन्न सक्नुहुन्छरुु

मेरो भनाइले उसको अनुहारमा कुनै परिवर्तन ल्याएन। बरु उसले आँखा नचाउँदै भनी ुउ क्यात अन्त तेन्जिङ दाजुले नेपालको सिटिजन झट्टी हानेर इन्डियाको एसेप्ट गरेको चाहिँ बिर्सनु भयो दाजुरुु उसले मलाई प्रश्न गर्दै भनी ुएभरेष्ट चढ्दा त ऊसँग नेपालकै सिटिजन थियो हो, वादमा उसलाई इन्डियाले पनि लोभ देखायो नि त। नेपालले पनि उसलाई थेग्नु सकेन। साँच्चै ऊ विश्वकै शान हो नि है।ु

प्रकाशले जाँगर चलाएर भन्यो ुतेन्जिङ नेपाली माटोमा जन्मिएको हो। उसलाई त्यहीँको हावापानीले हुर्कायो। अहिले पनि उसका सबै साखासन्तान नेपालमै छन्। नागरिकता त त्यस्तो प्रख्यात व्यक्तिलाई सबै देशले दिन सक्छन्। नेपालीलाई अन्य देशले हाम्रो भन्न चाहिँ अलिक मिल्दैन है बैनी।ु

ुआम्बो दाजु अनि पूरै आवेशमा चै नआउनु न ल। त्यस्तो पोलिटिक्ट त मलाई थाहा छैन हो। ऊ क्या त यहाँ पनि हामी गोर्खाल्याण्ड डल्लै चाहिन्छ भनेर लड्दालड्दै हामी नै पो सिटिजनलेस भइसक्यो त दाजु। अन्त यति कुरामा किन भेजा गर्नुहुन्छ हौ।ु त्यसपछि उसले खितखिताएर हाँस्दै भनी ुअन्त तेन्जिङ दाजुसँग फोटो खिचौं न हौ। तपैंहरूको गरम भेजा पनि तेन्जिङ दाजुले टेकेको हिउँले ठण्डा हुन्छ कि१ु

नेपालको अस्मितासँग जोडिएको कुरा भएकाले हाम्रो दिमाग ताते पनि दार्जेलिङको चिसो हावाले हामी कुक्रुक्क परेका थियौं।

तेन्जिङ समाधिस्थलबाट चौरस्ता फर्किएपछि उसले भनी ुअन्त भानुभक्त आचार्यसँग पनि फोटो खिच्ने होला नि। नेपाली जातीय कवि फेमस छ है भानुभक्त।ु

जातीय कवि भनेकोमा फेरि प्रतिवाद गर्न मन लाग्यो। तर भोक लागेकाले बोल्ने इच्छा थिएन। भानुभक्तको शालिकछेउमा फोटो खिच्दा त्यहाँ लेखिएको पढें। साँच्चै त्यहाँ नेपाली जातीय कवि भनेर पो लेखिएको रहेछ।

ुआबो मो जान्छु। तपैंहरू आजु यही वरिपरि घुम्नुहोस् ल। बच्चाहरू ट्युसन पढ्न आउने बेला भयो। भोलि मो तपैंहरूलाई रक गार्डेन घुमाइदिन्छु नि ल।ु उसले औंलाले देखाउँदै भनी ुउ त्यो क्या त, धिराधाम मन्दिर हो। त्यो मन्दिर नेपालको एउटा प्रधानमन्त्री धीर शमसेरले बनाउन लगाएको रे भन्छ तर मलाई थाहा छैन है। फेरि भेजा नगर्नु नि। बेलुका साँझतिर तपैंहरू त्यता गोए पनि हुन्छ। क्या इन्जोए हुन्छ।ु

उसले देखाएतिर हामीले हेर्‍यौं। सल्लाघारीको बीचमा मन्दिरको सुनौलो छाना देखिन्थ्यो। त्यहाँ बाँदर खेलिरहेका थिए। ती बाँदर जस्तै फुत्रुक फुत्रुक उफ्रदै ऊ हामीसँग बिदा मागेर गई। हामी होटलमा फर्कियौं।

हाम्रा लागि बेलुकाभरिको गफको विषय बनी कन्चन। रमेश र प्रकाशले त मलाई बिहे गर्ने सुझाव पनि दिए। मेरो पनि दिमागमा घुम्न थाली कन्चन। छोटो समयमा उसको प्रभाव ममा गाढा पर्‍यो। साथीहरू ओछ्यानमा घुर्न थाल्दा पनि मेरो दिमागमा कन्चन कुदिरहेकी थिइ। कहिले यो छेउबाट अर्को छेउमा पुग्थी त कहिले पल्लो छेउबाट वल्लो छेउमा क्यारेम्बोर्डका गट्टी जस्तो टक्की खान पुग्थी। काठमाडौंमा मैले मन पराएका केही केटीहरूको तुलना कन्चनसँग गरें। ती केटीभन्दा कन्चन कता हो कता राम्रो लाग्यो। उसको बोलाइ, हाउभाउ, हिँडाइ, हँसाइ, चालढाल, शरीर, हेराइ, उचाइ सबै राम्रो लाग्यो। निकै ढिलो निदाएँ। सपनाभरि कन्चन नै कन्चन।

भोलिपल्ट भनेकै समयमा कन्चन आइपुगी। उसले हरियो ह्याट लगाएकी थिई। ग्रन्च जिन्समा नर्थफेसको ज्याकेटले अझै राम्रो बनाएको थियो। हामी चोक बजारमा गयौं। त्यहाँबाट ट्याक्सी रिजर्भ गरेर उसले हामीलाई बतासिया घुमाइ। थुप्रै चलचित्र र गीतमा त्यहाँको दृश्य देखेको थिएँ। त्यहीँ पुगेपछि खुब रमाइलो लाग्यो। सानो छुकछुके रेल धूवाँ फाल्दै आएको दृश्यलाई पृष्ठभूमिमा राखेर हामीले फोटो खिच्यौं। त्यसपछि हामी रकगार्डेन गयौं।

ओरालो झरेर खोलाको खोँचमा ढुंगै ढुङ्गाको बगैंचालाई रकगार्डेन भनिँदोरहेछ। साथीहरूले कन्चन र मलाई मात्र उभिन लगाएर थुप्रै ठाउँमा फोटो खिचे। कुनै ठाउँमा त नियतबस कन्चन र मलाई एकातिर भुल्याएर उनीहरू अन्तै गएर थकाइ मारे जस्तो पनि गरे।

रकगार्डेनबाट फर्किएपछि ट्याक्सीको भाडा लिँदा बिहान कबोलेकोभन्दा तीन सय कम पैसा लियो ड्राइभरले। कन्चनले भनी ुअन्त डाइभर ब्रोले मेरो लागि तीन सय कमिसन राखेको रहेछ।ु

त्यही तीन सयको खाजा खाने कुरा भयो। उसले चोकबजारबाट अस्पताल जाने बाटोमा रहेको एउटा खाजाघरमा लगी।

ुअन्त यो पुरानो पसल हो। तर यहाँ भेज मात्र पाइन्छ। मलाई लास्टै मन पर्छ क्या।ु

त्यहाँ खाजा खाने मान्छेको भीड थियो। कन्चनले काउन्टरमा गएर भनी ुदाजु हामीलाई चार ठाउँमा सिङ्गडा र सब्जी दिनुहोस् न ल।ु

उसको रोजाइ हामीलाई पनि मन पर्‍यो। हामीले जिब्रो फड्कार्दै खाजा खायौं। खाइसकेर बाहिर निस्किएपछि कन्चनले सोधी ुकस्तो लाग्यो त दाजु मेरो च्वाइस्रुु

रमेशले रोमान्चक हुँदै भन्यो ुतपाईं आफैं सुन्दर त्यसमाथि तपाईंको च्वाइस्। तपाईंले फूलभन्दा ढुङ्गा राम्रो भन्नुभयो भने पनि हामीलाई मन पर्छ क्या।ु रमेश पनि अलिअलि दार्जेलिङको लवजमा बोल्ने भइसकेको थियो। उसले बोल्दा ुक्याु मिसाएपछि प्रकाश र म हाँस्यौँ।

कन्चनले मृगका जस्ता आँखा नचाउँदै भनी ुआम्बो दाजु त्यति सारै दिल्लगी चाहिँ नगर्नु न ल। रकगार्डेन घुमायो भनेर फूलभन्दा ढुङ्गा राम्रो भन्दै डल्लै सटायर१ु

कति चलाख केटी१ रमेशले भनेको थियो एउटा। उसले अर्थ लगाई अर्कै। उसको भनाइको तात्पर्य खोज्दै हामी निकैबेर बाटोमै उभिएर हाँस्यौं।

हामी बसपार्क हुँदै फर्कियौं। उसले भोलिपल्ट बिहानै टाइगरहिल जाने हिल काउन्सिलको बस लाग्ने ठाउँ देखाई। भोलिपल्ट बिहानै टाइगर हिल गएर दिउँसो हामी फर्कने कुरा थियो।

दार्जेलिङबाट घामभन्दा अगाडि ऊ ओझेल परी। हामी बजारमा पसलपसल चहार्दै घुम्न थाल्यौं। सामान केही नकिने पनि हरेकजसो सामानको मूल्य चाहिँ सोध्यौं। बेलुका तीन बोतल सिक्किमे रम बोकेर होटलमा फर्कियौं। हाम्रो साथमा थियो केही सुकुटी, भुजिया, चाउचाउ र खानेकुराहरू। त्यसपछि सुरू भयो दार्जेलिङमा हाम्रो मुसाफिर पार्टी।

साथीहरूले गिलास ठोक्काउँदै भने ुआजको साम कन्चनको नाम।ु

सिक्किमे रम हाम्रो घाँटीबाट भित्र पस्दै गयो कुराहरू बाहिर निस्कँदै गए। रमेशले भन्यो ुधरोधर्म पहिले नै बिहे नभएको भए आजै कन्चनलाई सिन्दुर हाल्ने थिएँ।ु

प्रकाशले दाहिने हातको चोर औँलो मुख र नाकको सिधा अगाडि ठाडो पार्दै भन्यो ुचुप। भाउजूलाई त्यसो भन्नुहुन्न। कन्चनजी त ऊ यसको घरवाली।ु उसले मलाई देखायो। त्यसपछि दुवैजनाले फेरि गिलास ठोक्काउँदै भने ुहो त यार। अब कन्चन भित्र्याउनुपर्छ। यत्तिको मान्छे भेटिँदैन है।ु

साथीहरूलाई रक्सी लागको थियो। आफूलाई भने अघिल्लै साँझबाट कन्चनको मात लागेको थियो। त्यसमाथि रक्सी लाग्न थालेपछि आँट आउँदो रहेछ। आफूले पनि भित्रैदेखि कन्चनलाई मन पराएको कुरा खुस्काइहालें।

केहीबेरपछि‘

ुढकढकु ढोकामा कसैले आवाज दियो। हल्ला भएकाले साहुजी सचेत गराउनु आएको हामीले लख काट्यौं। सबै चुप लाग्यौं। फेरि पनि ढकढक ढोका बज्यो।

रमेशले उठेर ढोका खोल्यो। उसको मुखबाट आवाज आयो ुकन्चन।ु

हाम्रा आँखा ढोकातिरर सोझिए। त्यहाँ कन्चन उभिएकी थिइ। मैले आँखा माडें। सपना हो कि भनेर जाँच गरें। विपना नै थियो अनि त्यहाँ कन्चन नै उभिएकी थिइ।

ुअन्त तपैँहरू त डल्लै सेलिब्रेटमा।ु कन्चनको स्वर दिउँसो जस्तो तिख्खर थिएन। हामीले के जवाफ दिने भेउ नै पाएनौं। उसले केही अप्ठ्यारो मान्दै भनी ुआमालाई एकैचोटि हर्टको प्रोब्लम देखियो। हस्पिटलमा राखेको छु। पैसाको लास्टै जरुरत भयो। प्लिज मलाई केही पैसा दिनुहोस् न ल। भोलि दिउँसो तपैंहरू फर्कनुभन्दा अगाडि वापस गर्छु।ु

रमेशले मतिर देखाउँदै भन्यो ुभैहाल्छ नि। आफ्नो मान्छेलाई परेको बेला सहयोग नगरे कहिले गर्ने। ऊ त्यसले दिन्छ।ु समालिन खोज्दाखोज्दै उसको जिब्रो लटपटिएको थियो। प्रकाशले पनि मैतिर हेरेर भन्यो ुयस् लगानी गर्ने मौका यही हो। नो पेन नो गेन।ु ऊ ङिच्च दाँत देखाउँदै थियो। मैले उठेर ढोका समाउँदै भनें ुकति पैसा चाहिएको कन्चनरुु

ुचाररपाँच हजार जति भए पनि हुन्छ दाजु।ु कन्चनले निकै हतारिएर भनी।

मैले गोजीबाट पैसा झिकें। गन्न खोजेँ तर के गन्नु भनेर उसको हातमा एक मुठो पैसा राखेर भनें, ुतपाईंको आमालाई चाँडै ठीक होस्। उहाँ मेरी पनि आमा हुनुहुन्छ।ु

कन्चनले पैसा गन्दै भनी ुथ्याङ्क्स। भोलि बिहानै तपैंहरू हिल काउन्सिलको बस चढेर टाइगर हिल जानुहोला। दिउँसो म तपैंहरूलाई बसपार्कमा भेट्छु र पैसा वापस दिन्छु।ु ऊ दौडिहाली।

कन्चन गएपछि साथीहरूले अजिङ्गरको आहारा दैवले पुर्‍याउँछ भन्दै मलाई बधाई पनि दिए। रक्सीकै सूरमा हामीले नयाँ संसार बसायौं र त्यसको पनि उत्सव मनायौं।

बिहान निद्राले छोडे पनि रक्सीको ह्याङओभर छँदै थियो। हतार हतार बसपार्क पुगेको टाइगरहिल जाने बस त छुटेछ१ हामीले ट्याक्सी रिजर्भ लियौं र टाइगर हिल गयौं। ढिला भएकाले सूर्योदयको दृश्य चाहिँ हेर्न पाइएन। टाइगर हिलमा मान्छेको भीड थियो। त्यहाँबाट जोरबंगला,दार्जेलिङ,खर्साङ र सिक्किमको दृश्य मनमोहक देखिँदोरहेछ। जतिसुकै मनमोहक भए पनि ती दृश्यले मलाई तान्न सकेनन्। म सातो हराएको बिरामी जस्तो भएको थिएँ।

ुलौ यसको त सातो त्यही मैयाले हरण गरेर लगिछे यारु उनीहरू मलाई जिस्क्याउँदै थिए। उनीहरूको छेउमा म सकेसम्म सामान्य बन्ने कोशिस गर्दथ्यें तर दिमागले लुकाएको भावलाई मनले अनुहारबाट उदाङ्गो बनाइहाल्थ्यो। म टोलाएर बसिरहेको थिएँ। रमेश कराउँदै आइपुग्यो ुआहा कन्चन त क्या प्वाँट यार१ु

उसको भनाइले मेरा कानमात्र हैन पूरै जिउ नै सोहोरेर लग्यो। अनायसै म ऊतिर हान्निएछु। उसले पाखुरामा तानेर मलाई टावरको अर्कोपट्टि लगेर देखाउँदै भन्यो ‘हेर त। हामलाई देखेर कस्तरी लजाउँदैछे। तँलाई नै तिघ्रा देखाएर पर्खिरहेकी छे।’

उसले देखाएकोतिर आँखा च्यातेर हेरें। उनीहरू दुवैजना मरिमरी हाँस्न थाले। उनीहरूले मलाई मुर्गा बनाएका रहेछन्। उनीहरूले देखाएको त कन्चनजङ्घा हिमाल पो रहेछ। बिहानी घामले कन्चनजङ्घा मुस्कुराइरहेको थियो तर म अझै उदास थिएँ। साथीहरू अट्टहास गरिरहेका थिए।

ुऊ तेरी कन्चन। हेर् त कन्चनले त जङ्घा नै देखाएर तँलाई बोलाउँदैछे।ु मलाई थाहा थिएन जङ्घा भनेको तिघ्रा भनेर।

टाइगरहिलबाट बजार फर्कियौं। फर्कंदा गोजीमा भएको पैसाको हिसाब गरें। लौ न हिजो कन्चनले कति पैसा लगी भनेर सोधेको साथीहरू केको पैसा हामलाई थाहा छैन पो भन्न थाले। मैले अलिक सिरियस भएर सोधेपछि रमेशले भन्यो ुपाँच छ हजार मागे जस्तो लाग्छ कति दिइस् तैँलेरुु

ुयहाँ त दस हजार पैसा पुग्दैन त याररुु मैले भनें।

ुए तैँले पनि त्यो प्रिन्सिपलकै थ्योरी लगाइछस्। पाँच हजार मागेकोमा दस हजार दिन्छु भोलि हैन आजै देऊ पनि भनिस् किरुु रमेशले भन्यो।

रक्सीको सूरमा कति पैसा दिएको कसैलाई थाहा छैन। अब कन्चनले जति भन्छे त्यति फिर्ता लिनुको विकल्प पनि थिएन। अझ प्रकाशले त भन्यो ुघिउ कहाँ पोखियोरु दालमा। अब आफ्नै मान्छेले लगेको हो क्यार। हामी के जानौं।ु

बजारमा आएर कन्चन खोज्न थाल्यौं। कतै पनि सुइँको पाइएन। अस्पतालतिर पनि गइयो। समय ढल्कदै थियो। तीन घण्टा खोज्दा पनि कन्चन नभेटेपछि हामी होटल फर्कने तरखर गर्दै थियौं। हामीले रकगार्डेन लाने डाइभर भेट्यौं। उसलाई पनि कन्चनको बारेमा सोध्यौं। उसले भन्यो ुको कन्चनरु त्यस्तो माल त यहाँ कति छ कति। मेरो कन्ट्याकमा कन्चन हैन रश्मी छ हुन्छ दाजुरुु

हामी अवाक् भएर होटलमा फर्कियौं। हाम्रो दार्जेलिङ बसाइमा एक दिन थपियो। म चाहिँ होटलको लबिमा झरेर कन्चनको बाटो हेर्न थालें। दस मिनेट,पन्ध्र मिनेट,आधा घण्टा,एक घण्टा हुँदै साँझ पर्‍यो अँहँ कन्चनको छाया पनि देखा परेन। साथीहरू पनि कोठाबाट झरे। उनीहरूलाई त के थियो र मलाई जिस्क्याउने ठाउँ न पाएका थिए।

साथीहरूले होटलवालाई सबै कुरा बताए। होटलवालाले भन्यो ‘आम्बो अनि चिन्दै नचिनेको मान्छेलाई पैसा दिएकोरु वापस पाउने त गुन्जायस छैन दाजु। तपैंहरूले डल्लै विश्वास गर्नुभएछ। सत्तेजुग हैन नि दाजु यो कलिजुग हो।’

भोलिपल्ट दार्जेलिङ छोडेर हामी पशुपतिनगर फर्कियौं। त्यहाँबाट फिक्कल पुगेर एक दिन बस्यौं। कन्यामको चियाबारीको रमाइलो बेग्लै थियो तर मलाई कन्चनको ह्याङओभर गएकै थिएन। साथीहरू रमाउँदा पनि म रमाउन सकिनँ। फिक्कलका मान्छे पनि दार्जेलिङकै जस्तो लवजमा बोल्दा रहेछन्। साथीहरूले मलाई फिक्कलमा अर्की कन्चन खोज्ने सुझाव पनि दिए। तर म चाहिँ एकोहोरो भइसकेको थिएँ।

काठमाडौं फर्कंदा साथीहरूले सर्वथा कन्चनकै कुरा गरे। कहिले उनीहरू हुँदै नभएकी किचकन्या भन्थे। न त उसकी आमा बिरामी थिइ न त उसको बाउले अर्की बिहे गरेको थियो। कन्चनले पैसा खुस्काउनका लागि राम्रो जाल बुनेको भन्दै दार्जेलिङ्गे ठिटीहरू यस्ता कुरामा पोक्त हुने अनुभव सुनाउन थाले। साह्रै निरास देखेर उनीहरूले कन्चनले लगेको पैसा दामासाहीले बेहोर्ने पनि बताए। मैले उनीहरूको कुनै पनि कुरालाई वास्ता गरिनँ।

काठमाडौँ फर्किएपछि रक्सी खाने बानी लाग्यो। झडङ्ग रिस उठ्न थाल्यो। टाउको दुख्ने र रिँगटा लाग्ने भएपछि केही दिन अफिस बिदा लिएर बसें। रक्सी खाएपछि कन्चन आँखै अगाडि आउँथी। उसले पैसा मात्र लगिन मन पनि चोरी। पहिलेका केटीसाथीको तुलना कन्चनसँग गरेँ। पहिले मलाई छोडेर अर्कैसँग बिहे गर्ने केटीहरु सोझा थिए। कन्चन त मेरा लागि ब्वाँसो थिइ। उसले सबैकुरा उधिनेर लगी।

दार्जेलिङबाट फर्किएको तीन महिना भएको थियो। समाल्नै नसक्ने भएपछि डाक्टरकहाँ पुगें। मलाई त डिप्रेसन भइसकेको रहेछ। रमेश र प्रकाश कन्चनको गीत गाएर थाकेकै थिएनन्। उनीहरूलाई डिप्रेसन भएको सुनाउने कुरै भएन। अनि म सुटुक्क विपश्यना गएँ।

दस दिनको विपश्यना ध्यान सिविरमा बसेपछि म चङ्गा भएको थिएँ। ध्यान सकेर निस्कँदा मसँग मुस्कान थियो। सकारात्मक सोच थियो। त्यहाँ न कुनै कन्चनको लालसा थियो न कुनै अतीत नै। स्वच्छ संसारमा मेरो यात्रा सुरू हुँदै थियो।

विपश्यनाको घर्रामा राखेको मोबाइलको ब्याट्री पनि सकिएछ। कोठामा फर्किएर मोबाइल चार्ज गरेँ। धमाधम म्यासेजहरू आउन थाले। फेसबुकमा पनि उस्तै म्यासेज। धेरैजसो म्यासेज रमेश र प्रकाशका थिए। मैले रमेशलाई फोन गरेँ। उसले तुरुन्तै भेट्न बोलायो। निकै जरुरी छ भनेपछि म मोटरसाइकल लिएर रमेशको अफिसमा गएँ। मभन्दा अगाडि नै त्यहाँ प्रकाश पुगिसकेको रहेछ।

रमेशले मलाई भेट्ने बित्तिकै एक प्याकेट दार्जेलिङको चिया दियो। दार्जेलिङमा त चिया किने जस्तो लागेको थिएन। उसले मेरो हातमा १६ हजार रुपैयाँ दिँदै भन्यो ुतैँले कन्चनलाई दिएको पैसा।ु

ुतिमीहरूले मलाई गरी खान नदिने भयौ हगि। यो धेरै पुरानो जोक भयो यार। अब यस्ता कुराले मलाई छुँदैनु मैले चिया र पैसा दुवैलाई पन्साउँदै भनेँ।

ुअरे यार। कन्चनले दिएकी हो। कन्चन तँलाई खोज्दै आएकी थिई। उसले दस हजार भारुको १६ हजार नेरु छोडेर गई। उसले हामी तीनै जनालाई चिया उपहार दिई। तेरो न मोबाइल चलेको थियो न त फेसबुक नै।ु रमेशले एकैचोटि भन्यो।

दार्जेलिङमा उपचार नभएपछि त्यही राति कन्चनले आफ्नी आमालाई सिल्गुडी लगिछे। सिल्गुडी लगेको केही दिनमै उसकी आमाको देहान्त भएछ। दार्जेलिङ फर्केपछि कन्चनले होटलमा गएर सम्पर्क नम्बर खोजिछे। रमेशले आफ्नो अफिसको भिजिटिङ कार्ड होटलमा छोडेको थियो। तर उसको अफिसका सबै नम्बरहरु परिवर्तन भइसकेकाले दार्जेलिङबाट कन्चनले सम्पर्क गर्न सकिनछ। अन्ततः ऊ त्यही कार्ड बोकेर काठमाडौं आइछ र रमेशको अफिस खोज्दै पुगिछ।

सबै कुरा सुनिसकेपछि रमेशले भन्यो ुए साँचि उसले निनीको नम्बर दिएकी छे।ु उसले तुरुन्तै फोन थिच्यो। उताबाट एकजना महिलाले फोन उठाइन्। उनले भनिन् ुअँ दार्जेलिङबाट कन्चन आएको थियो। एकजना मान्छेलाई भेट्नु आएको भेटै भएन भन्दै निकै उदास बनेर हिजु मात्र फर्क्यो नानी।ु

मैले रमेशको हातबाट फोन तानेर सोधेँ ुउसको दार्जेलिङको फोन नम्बर छ किरुु

ुखै मलाई त थाहा छैन नानी। ऊ मेरो खासै नजिकको आफन्त पनि हैन। गाउँले साइनो मात्र हो,ु उनले भनिन्।

मेरो टाउको फनफनी घुम्न थाल्यो। म फेरि विपश्यना जानु अगाडिकै अवस्थामा पुगें।

सेतोपाटीबाट साभार