डि छ्याव छेवाङ् बौद्ध गुम्बामा त्रिदिवसीय कार्यक्रम सम्पन्न

Hot News समाज

गोपाल गिरी,कन्याम:
मेची राजमार्ग र कन्याम चिया बगानको ओतमुनी अवस्थित तामाङ जातिको बाहुल्य रहेको एउटा गाउँ जसलाई कन्याम भनेर चिनिन्छ ।
देशै भरि राष्ट्रिय बिभूति तथा बौद्ध धर्मका का पर्वतक गौतम बुद्ध को २५६३ औ जन्मजयन्ति मनाउने क्रममा कन्याममा भने अघिल्ला बर्ष हरुमा भन्दा अझ पृथक किसिमले यस पटकको बुद्ध जयन्ति मनाईएको छ।
सीमावर्ती क्षेत्र पशुपति नगर,दार्जिलिङ तथा मिरिक देखि झापा मोरङ देखि आएका श्रद्धालु भक्त जन हरु ,प्रफुल्ल मुद्रामा तामाङ जातिका सांस्कृतिक पोशाकमा उपस्थित भएका नर नारीहरु त्यतिकै संख्यामा रहेका अन्य जात जाति र धर्म सम्प्रदाय का मानिस हरु खचाखच भीड देख्दा धार्मिक सहिष्णुता र आपसी सद्भाव को ज्वलन्त नमूना देख्न सकिन्थ्यो ।
नव निर्मित डि छ्याव छेवाङ् बौद्ध गुम्बामा संचालित त्रिदिवसीय कार्यक्रम को अन्तिम दिन शनिवार गुम्बा उद्घाटन तथा धार्मिक र्याली विश्व शान्ति को कामना सहितको पूजा अर्चना लगायतका कार्यक्रम हरु सम्पन्न भएको छ ।
झण्डै ७बर्ष अघि बाट निर्माण प्रारम्भ गरिएको यस गुम्बा बिभिन्न कठिनाई ले गर्दा निर्माण कार्यले गति लिन नसक्दा कतिपय मा निराशा छाईसकेको थियोे स्थानीय लामा पुरोहित समेत रहेका कर्मसिहं लामाले गुम्बा निर्माणको लागि निशुल्क दान गर्नु भएको जग्गामा बिभिन्न दातृ निकाय समाजसेवी तथा दानवीर हरुको सहयोगमा गुम्बा निर्माण सम्भव भएको स्थानीय गोमबहादुर तामाङ ले बताए ।
पर्यटनको दृष्टि ले धेरै महत्त्वपूर्ण र आकर्षक गन्तव्य मानिने कन्याममा यसरी गुम्बा को निर्माण भए पछि धार्मिक पर्यटनको समेत बिकासमा टेवा पुग्ने र बौद्ध धर्म तथा तामाङ जातिका सन्दर्भमा अध्ययन अनुसन्धान को लागि पनि सहयोग पुग्ने गुम्बा व्यवस्थापन समिति का अध्यक्ष सुरेन्द्र मोक्तान ले बताए ।
नव निर्मित बौद्ध गुम्वाको उद्घाटन धर्म गुरु खेन,रिम्पोक्षे गेशे डिमा तामाङले गरेमा हुन भने कार्यक्रम मा बिभिन्न सांस्कृतिक नृत्य बिशेश सहयोगी हरु लाई प्रमाणपत्र बितरण लगायतका कार्यक्रम हरु सहित समापन भएको समिति सचिव तेजेन्द्र तामाङले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.