मंगलबारेका जनकलाल सम्मानीत

मंगलबारेका  जनकलाल सम्मानीत

इलाम: देउमाई नगरपालिका वडा नम्बर ४ ले मंगलबारेका सामाजिक ब्यत्तित्व जनकलाल ढुंगानालाई आज सम्मान गरेको छ । साविक फाकफोक ९ बाट मंगलबारे आई २०६४ साल देखि निरन्तर मंगलबारे बजार खानेपानी उपभोक्ता समितिको अध्यक्ष भई बजारमा आधुनिक फिल्टर टयाकंी सहितको शुद्ध खानेपानी बिस्तारमा महत्वपूण योगदान पुरयाउनु भएको भन्दै सम्मान पत्र सहित सम्मानीत गरिएको हो । वडा नम्बर ४ का अध्यक्ष राजेन्द्र बास्तोलाको अध्यक्षता तथा नगर प्रमुख सूर्य पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष दिलिप कार्की स्थानीय ब्यवसायी तथा समाजसेवीको सहभागीता रहेको थियो ।