आशाको केन्द्र बन्दै व्यवसायी भिम पौडेल

Hot News प्रमोसन समाज

इटहरी: व्यक्तिको एकल प्रयासमा समाजमा ठुला योगदान दिन सकिन्छ भन्ने उदाहरण तपाई हामी माझ नै छन् । धुर्मुस सुन्तुलीले भुकम्प पछि घर निर्माण गरेर होस् या महावीर पुनले विकट गाउँ गाउँमा इन्टरनेट सञ्जाल जोडेर नै किन नहोस् योगदान दिएकै छन् । उनीहरुको योगदान अतुलनिय छ । आफु ओझेलमा बसेर समाजमा एकल प्रयासमा योगदान दिने यस्तै एक व्यवसायी हुन् सुनसरी इटहरीका भिम पौडेल । व्यवसायी भिम पौडेलले एकल लगानीमा मोरङको लेटाङमा सडक कालो पत्रे गरिदिएका छन् । कमलपुर र किर्तिमान गाउँमा करिव ७ किलोमिटर सडक एकल लगानीमा कालोपत्रे गरिदिएका हुन । बर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकमा कष्टपूर्ण यात्रा गर्न बाध्य यहाँका स्थानियहरु अहिले कालोपत्रे सडकमा सरर यात्रा गर्न पाएका छन् ।
सडक कालोपत्रे भएपछि यहाँका स्थानियहरु खुसी भएका छन् । बर्षौ देखीको कष्टपुर्ण बाटो कालोपत्रे बनाई दिएका भिम पौडेलको सम्मानमा उनीहरुले बाटोको नाम नै भिमपौडेल मार्ग राखिदिएका छन् । भौतिक विकास त्यसमा पनि सडक पुल निर्माणमा उनले व्यक्तिगत तथा साझेदारमा सहयोग पुर्याउँदै आएका छन् । आदि बनेर रोकिएका सडकहरु उनको सहयोगमा पुरा भएको छन् । नगर उन्मुख गाउँ लेटाङलाई शहर बनाउन पौडेलको सहयोग स्थानिय सरकारलाई दरिलो साथ बनेको छ । लेटाङ नगरपालिकाका जनप्रनिधि भिम पौडेलको सहयोगले भौतिक विकासका क्षेत्रमा काम गर्न निकै सहज भएको बताउँछन् ।
भौतिक विकास मात्रै नभएर भिम पौडेलले सामाजिक विकासमा पनि उत्तिकै सहयोग पुर्याउँदै आएका छन् । लेटाङकै शान्ती भगवती मा।विको चार कोठे भवन उनैले बनाईदिएका हुन । विद्यार्थीलाई पढ्न सहज होस भनेर भवन निर्माण गरिएको विद्यालयको भनाई छ । विगतमा पनि विद्यालयको सुधारका लागि उनले सहयोग गर्ने गरेको विद्यालयका प्रधानाध्यापकले जानकारी दिए । लेटाङमा समस्या बन्दै आएको खानेपानीका लागि ट्यांकी निर्माण, उद्योगी व्यवसायी, सामाजिक संघसंस्थाको भवन निर्माणमा पनि उनले प्रतक्ष्य सहयोग पुर्याउँदै आएका छन् । एक व्यक्तिको प्रयासले पनि एउटा गाउँ शहर बन्नका लागि सहयोगी बन्न सक्ने उदाहरण भिम पौडेलले प्रस्तुत गरेका छन् । व्यवसाय गर्ने सिलसिलामा सामाजिक क्षेत्रमा पनि काम गर्नुपर्छ भन्ने मान्यतामा आफुले केही काम गर्न खोजेको व्यवसायी भिम पौडेलले बताउछन् । इटहरीमा रहेर निर्माण व्यवसाय,अटो व्यवसाय गर्दै आएका भीम पौडेलले एक सफल उद्यमी तथा व्यवसायीको छवि बनाएका छन् । एक व्यक्ति पनि समाजको रुपान्तरणको हिस्सा बन्न सक्ने उदाहरण प्रस्तुत गरेका छन् । उनी जस्तै सबैले आफ्नो आफ्नो क्षेत्रमा काम गर्ने हो भने देशको सम्बृद्धि सम्भव छ हाम्रै पालामा ।

सप्तकोशी अनलाईनबाट

Leave a Reply

Your email address will not be published.