फिदिम बजारको आगलागी नियन्त्रण

फिदिम बजारको आगलागी नियन्त्रण


पाँचथर : पाँचथर सदरमुकाम फिदिमको मध्य बजारमा भएको आगलागी नियन्त्रणमा आएको छ । आगलागीबाट संगीता राना मगर र कर्णकुमार थापाको घरमा पूर्ण क्षति पुगेको छ ।

यहाँ रहेको पाथिभरा मिष्ठान्न भण्डारबाट आगलागी सुरु भएको थियो । वरिपरि ठूला बिल्डिङ घर भएको र स्थानीयको तत्काल उपस्थितिले आगलागीबाट थप क्षति हुन नपाएको हो । आगलागी नियन्त्रणमा सेना, प्रहरी, सशस्त्र प्रहरी तत्काल खटिएका थिए भने दमकलको प्रयोग गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष दीपक नेपालले बताए । यहाँ दुईवटा होटल र एउटा मिठाइ पसल रहेको नेपालले बताए । छेउमा फलफूल पसलपनि रहेको थियो । आगलागीको कारण खुलेको छैन भने क्षतीको विवरण आउन बाँकी रहेको छ ।