रोङमा दुर्लभ जनावर भेटियो

Hot News Trending रोचक

गोबिन्द पौडेल,रोङ :

रोङ गाउँपालिका वडा नम्बर ६ को रम्भ्याङ्गमा दुर्लभ जनावर सालक भेटिएको छ । प्राय गरेर रातको समयमा आहारा खोज्न निस्कने लोपोम्मुख जनाबरले आफैले सजिलैसँग दुलो बनाएर बस्ने गरेको छ । प्रकृतिले बलियो खपटा बनाइ दिएकाले आफुलाईु असुरक्षित महसुस भयो भने खुट्टा र थुतुनो पुच्छरले बेरेर डल्लो पर्ने गरेको छ ।

शरीरमा बलियो खपटाले ढाकेको हुदा सामान्यतय जंगली जनाबरले सिकार गर्न निक्कै हम्मे हुन्छ । त्यो भन्दा पनि अनौठो कुनै असुरक्षित भएको अवस्थामा खपेडा सहितको पुच्छरले बेरेर भकुण्डो जस्तो बनेपछि भिरालो जमिनबाट गुड्दै गुड्दै जान सक्छ । सालक बुधबार राती १० बजेतिर बरडाँडा बरबोटे सडकको बगाले गाउँ नजिकै मुल सडकमा प्वाल बनाइरहेको अवस्थामा भेटिएको थियो । स्थानिय बासीह?लाई केहीसमय रमिता भएको थियो । नेपालमा पाइने यस जनावरको अबैध तस्कर र मारेर खपटा बिक्रि गर्ने भएकोले यस्ता जनावरह दुर्लभ बन्दै गएका छन् ।

Leave a Reply

Your email address will not be published.