कन्काई अस्पताल तनावग्रस्त, प्रहरीले तीन सेल अश्रुग्यास चलायो

कन्काई अस्पताल तनावग्रस्त, प्रहरीले तीन सेल अश्रुग्यास चलायो

बिर्तामोड: झापाको बिर्तामोडस्थित कनकाई अस्पतालमा तनाव उत्पन्न भएको छ । अस्पतालको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै स्थानीयले अस्पताल तोडफोड गरेका छन् ।

स्वास्था बिमा विमा कार्यक्रम लागु भएपछि सुर्योदयन गरपालिका ९ फिक्कलबाट २१ वर्षकी देविका तामाङ्गलाई गत बुधवार एपेन्डिक्सको उपचारका लागि भर्ना गरीएको थियो ।

आइतबार बिहानसम्म डाक्टरहरुले बिरामीको स्थिति सामान्य छ भने पनि बिहान ८ बजे एक्कासी बिरामीको अवस्था अलिक खराब भयो, विराटनगर लैजान भने पछि विरामिलाई विराटनगर लगिएको थियो । विराटनगर स्थित नोबेल अस्पताल पुर्याउदा विरामीको मृत्यु भएको उनका पिता दावा तामाङलले बताए।

इलाका प्रहरी कार्यालय अनारमुनिका अनुसार अहिले अस्पताल क्षेत्र तनावग्रस्त बनेको छ । तोडफोड रोक्न प्रहरीले लाठी चार्ज र तीन सेल अश्रु ग्यास हानेको छ । घटनाको विषयमा अहिले अस्पताल प्रशासन र मृतकका आफन्तबीच छलफल भइरहको छ ।सजिलो खबरबाट