स्थापना दिवसमा फोनिजका निवर्तमान सहसचिव लिम्बू सम्मानित

Hot News समाज

इलाम : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० इलामका निवर्तमान सहसचिव दिलकुमार लिम्बू सम्मानित भएका छन् ।आफ्नो २० औं स्थापना दिवसको अवसरमा फोनिज इलामले लिम्बूलाई सम्मान गरेको हो । विगतमा फोनिजको सहसचिव पदमा रहेर संस्थाको उन्नति र प्रगतिका लागि पुर्याएको योगदानको कदर गर्दै लिम्बूलाई सम्मान गरिएको फोनिज इलामका अध्यक्ष राम योङहाङल जानकारी दिए ।

फोनिजका संघीय प्रतिनिधि समेत रहेका लिम्बू हाल नेपाल सरकार राजपत्र अनंकित प्रथम श्रेणी नायब सुब्बामा उत्तीर्ण गरी पत्रकारिता क्षेत्रबाट विदा लिएका छन् । लिम्बू विगतमा इलाममा रहेर व्यवसायिक पत्रकारितामा संलग्न थिए । उनी करिब आधा दशकसम्म पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका थिए । उनी तत्कालिन इलाम एफएम र इलाम पोष्ट दैनिकमा आवद्ध थिए ।

यसैबीच स्थापना दिवसको अवसरमा ‘संवैधानिक व्यवस्था र मिडियामा समावेशी अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न भएको छ । फोनिज इलामका सल्लाहकार एवम् नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जवेगूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा फोनिज इलामका अध्यक्ष राम योङहाङले संवैधानिक व्यवस्था र मिडियामा समावेशी अवस्था’ विषयक छलफलपत्र प्रस्तुत गरेका थिए ।

योङहाङले छलफलपत्रमा समावेशीकरणको स‌ंवैधानिक व्यवस्था र इलामका संचारमाध्यममा समावेशीकरणको अवस्था प्रस्तुत गरेका थिए । जिल्लाका विभिन्न ११ वटा संचारमाध्यममा कार्यरत जनशक्तिमा समावेशीकरणको अवस्था र दुई वटा दैनिक पत्रिकामा प्रकाशित समाचारमा समावेशीकरणको अवस्था विश्लेषण गरिएको थियो ।

छलफलपत्र अनुसार ११ वटा संचारमाध्यममा कार्यरत ९२ जनामध्ये ४२ जना अथवा ४६ प्रतिशत आदिवासी रहेको देखाइएको छ । त्यस्तै एक सातामा दुईवटा दैनिक पत्रिकामा प्रकाशित ९८ वटा समाचारमा ७ वटा आदिवासी सम्बन्धी, १० वटा महिला सम्बन्धी र २ वटा दलित सम्बन्धी समाचारले स्थापन पाएको पाइएको छ । यो तथ्याङक अनुसार ११ प्रतिशत समाचारमा मात्र आदिवासीले स्थान पाएको देखिएको छ ।

कार्यक्रममा छलफलपत्रमाथि टिप्पणी गर्दै वक्ताहरुले इलामका संचारमाध्यममा समावेशीकरणको अवस्था दयनीय रहेको भन्दै त्यसलाई बजबुत बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए । वक्ताहरुले त्यसका लागि आदिवासी जनजातिहरुको समेत विशेष पहल हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथ सटेन्द्र जवेगू, फोनिज संघीय कार्यसमिति सदस्य ख्याम भुजेल, नेपाल पत्रकार महासंघ प्रदेश १ का उपाध्यक्ष सोम सुसेली, नेपाल आदिवासी जनजाति महासंघ इलामका उपाध्यक्ष दीपक गुरुङ, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी उपाध्यक्ष बालकुमारी देवान, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघका अध्यक्ष मानबहादुर गुरुङ। नेपाल पत्रकार महासंघका सहसचिव राजेश पराजुली, क्रियाशील महिला पत्रकारकी अध्यक्ष सविता पाण्डे, नेपाल आदिवासी जनजाति महासंघका सचिव इश्वर लुंगेली, युवा समाजसेवी इश्वरी तामाङ, सम्मानित दिलकुमार लिम्बूलगायतले मन्तव्य राखेका थिए ।

फोनिज इलामका अध्यक्ष राम योङहाङको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत कोषाध्यक्ष बुद्धमाया सोङमी र संचालन उपाध्यक्ष कौशिला राईले गरेकी थिइन् ।

फोनिजले सोमबार देशभर विभिन्न कार्यक्रम आयोजना गरी २० औं स्थापना मनाइरहेका छन् । ‘संचारमा समावेशीता(कानुनमा चाहियो, व्यवहारमा पनि’ भन्ने नारा सहित संघीय समिति, प्रदेश समिति र देशभरीका ५० भन्दा धेरै जिल्लामा विविध कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाइदैछ ।

२० वर्षअघि अग्रज आदिवासी जनजाति पत्रकारहरुको सक्रियतामा स्थापना भएको नेपाल आदिवासी जनजाति पत्रकार संघ ९अनिज० विगत ६ वर्षदेखि महासंघको रुपमा स्थापित भएको छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, मानवअधिकारको रक्षाका साथै आम श्रमजीवी पत्रकारको पक्षमा फोनिज दृढताका साथ उभिदैं आएको छ । फोनिज आदिवासी जनजाति कुलमा जन्मिएर पत्रकारिता पेशामा आवद्ध हरुको आमसञ्चारकर्मीहरुको सशक्त र प्रभावकारी तथा व्यावसायिक संगठन हो ।नयाँ बुलन्दबाट

Leave a Reply

Your email address will not be published.