लैगिंक हिंसा नियन्त्रण सम्बन्धी अन्तरक्रिया

लैगिंक हिंसा नियन्त्रण सम्बन्धी अन्तरक्रिया

इलाम :
जिल्ला प्रहरी कार्यालय इलामको आयोजनामा लैगिंक हिंसा नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समिति गठन तथा कार्य सञ्चालन विधि “२०७५” मा व्यवस्था भए बमोजिम जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक हिरा बहादुर पाण्डेको अध्यक्षता र जिल्ला समन्वय समिति इलामका उपाध्यक्ष चित्रकला बराईलीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा इलाम नगरपालिकाका उप प्रमुख सुशिला नेम्वाङ लगायत लैगिंक हिंसा नियन्त्रण सञ्जाल समिति इलामका पदाधिकारीहरुको उपस्थित रहेको थियो ।कार्यक्रममा जिल्ला स्तरिय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समितिको क्रियाकलापको समिक्षा ,समिति पुर्नगठन र बार्षिक कार्ययोजना सम्बन्धी छलफल भएको प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारीले जानकारी दिनु भयो ।