ट्रयाक्टर दुर्घटनामा एक जनाको ज्यान गयो

Hot News समाज

इलाम: इलामको इलाम नगरपालिका ९ गोलाखर्क स्थित मेची राजमार्गमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । माइखोलाबाट इलाम तर्फ जाँदै गरेको को १ त २२४५ नम्बरको ट्रयाक्टर अनियन्त्रित भएर पल्टिदा चालक इलाम नगरपालिका– ९ निगुरे बस्ने अन्दाजी बर्ष १८ को कृष्णबहादुर लम्जेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
ट्रयाक्टरको पछाडी सवार सोही स्थान बस्ने २५ बर्षिया शान्ता बसेल र ८ बर्षिय बिजय बसेल सामान्य घाइते भएकाले उपचारको लागी इलाम अस्पतालमा राखिएको प्रहरी नायव उपरिक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए । शवलाई पोष्टमार्टमको लागी इलाम अस्पतालमा लगिएको छ । ट्रयाक्टर घटनास्थलमा नै रहेको छ ।

Leave a Reply

Your email address will not be published.