प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै दीप प्रज्वलन

Hot News Mukya Samachar Trending

इलाम : प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन इलामको आयोजनामा बुधबार साँझ इलाम चोक बजारमा दीप प्रज्वलन गरिएको छ ।
प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै सम्पूर्ण जिल्ला बासी तथा सबै नेपालीको तर्फबाट दीप प्रज्वलन गरिएको हो ।

कार्यक्रममा नेकपा इलाम कार्यलय सदस्य तथा इलाम नगरपालिका प्रमुख महेश बस्नेत , अनेरास्ववियू केन्द्रिय सदस्य द्वय रविन्द्र सुवेदी, सन्धिभक्त शंकर , शिक्षक संगठन इलाम अध्यक्ष प्रकाश खनाल , शिक्षक संगठन इलाम नेता राजेन्द्र चौहान अनेरास्ववियू जिल्ला नेताकार्यकर्ताको उपस्थिति रहेको अनेरास्ववियू जिल्ला कमिटी संयोजक प्रवेश पराजुलीले जानकरी दिए ।

मिलन खत्रीले संचालन गरेको कार्यक्रममा बोल्दै इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत , अनेरास्ववियू केन्द्रिय सदस्य सन्धिभक्त शंकर लगायत उपस्थित सम्पूर्ण शुभचिन्तकले प्रधानमन्त्रीको शिघ्र स्वास्थ्यलाभको कामना गरेका थिए ।

अनेरास्ववियू जिल्ला कमिटी संयोजक प्रवेश पराजुलीले उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका थिए ।

आज नै प्रधानमन्त्री ओलीको सफल मिर्गौला प्रत्यारोपण गरिएको छ । अस्पतालको मिर्गौला प्रत्यारोपण केन्द्रका प्रमुख डाक्टर प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरेको हो।

प्रधानमन्त्री ओलीले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका हुन्। १३ वर्षअघि भारतको नयाँदिल्लीमा मिर्गौला प्रत्यारोपण गराएका ओलीले यसपालि स्वेदशमै त्रिवि शिक्षण अस्पताल रोजेका हुन्।

Leave a Reply

Your email address will not be published.