कोरोनाले बिश्वमा २ लाख ४४ हजार बढीको मृत्यु, ११ लाख ८ हजार बढी निको भए

  • 11
    Shares
कोरोनाले बिश्वमा  २ लाख ४४ हजार बढीको  मृत्यु, ११ लाख ८ हजार बढी निको भए

७३ नेपालीको मृत्यु,५ हजार बढी संक्रमीत


काठमाडौँ: विश्वव्यापी महामारी बनेको कोरोना भाइरसका कारण हालसम्म ३४ लाख ७९ हजार ५ सय २१ जना संक्रमित भएका छन् ।
संक्रमित मध्ये २ लाख ४४ हजार ५ सय ८१ जनाको मृत्यु भएको छ । ११ लाख ८ हजार २३ जना उपचार पछि निको भएका छन् । पछिल्लो तथ्यांक अनुसार अमेरिकामा ११ लाख ५९ हजार बढी संक्रमित हुँदा ६७ हजार ३ सय ९१ जनाको मृत्यु भएको छ ।
स्पेनमा २ लाख ४५ हजार बढी संक्रमित हुंदा २५ हजार १ सयको मृत्यु भएको छ । यस्तै इटालीमा कोरोना संक्रमितको संख्या २ लाख ९ हजार हुंदा मृतकको संख्या २८ हजार ७ सय नाघेको छ ।

बेलायतमा १ लाख ८२ हजार बढी कोरोना संक्रमित र २८ हजारको मृत्यु भएको छ । फ्रान्समा १ लाख ६८ हजार बढी संक्रमित मध्ये मृत्यु हुनेको संख्या २४ हजार ७ सय नाघेको छ ।

यस्तै जर्मनीमा १ लाख ६४ हजार ९ सय संक्रमित र ६ हजार ८ सय बढीको मृत्यु भएको छ । भारतमा पनि कोरोना संक्रमित र मृत्यु हुनेको संख्या थपिंदै गएको छ ।

करिब ४० हजार संक्रमित हुंदा मृत्यु हुनेको संख्या १ हजार ३ सय २३ पुगेको छ । उता पाकिस्तानमा कोरोना संक्रमितको संख्या १९ हजार बढी छ भने ४ सय ३७ जनाको मृत्यु भएको छ । -एजेन्सी

कोरोना भाइरसबाट विश्वभर ७३ नेपालीको मृत्यु, ५ हजार ३ सय ६  जनामा संक्रमण

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)संक्रमणका कारण  शनिवार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ७३ पुगेको छ  ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतको ग्रेटर लण्डनमा २७,  मिडल्याण्डमा ८, साउथ इष्टमा ११, साउथ बेष्टमा ३ गरी ४९ जनाको मृत्यु भएको छ । 

यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या  १५ पुगेको छ । जसमध्ये  मध्य न्युयोर्कमा १२, कोलोराडोमा २ र भर्जिनियामा १ जनाको मृत्यु भएको कोभिड–१९ उच्चस्तरीय समिति गैरआवासीय नेपाली संघका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए । 

यस्तै, संयुक्त अरब इमिरेट्स् ९युएइ० मा  ५, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १ र नेदरल्याण्डमा १ जनाको संक्रमणका कारण ज्यान गएको समितिका संयोजक डा। संजिव सापकोटाले जानकारी दिए । 

यस्तै, संयोजक डा। सञ्जीव सापकोटाका अनुसार नेपाल बाहेक विश्वभर ५ हजार २ सय ४७ जना  गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये १५ सय ७० जना संक्रमण मुक्त भएको अनुमान सो समितिले गरेको छ । 

 सापकोटाका अनुसार मध्यपूर्वका केही देशहरुमा कोरोना भाइरस संक्रमणका कारण प्रभावित हुनेको संख्या झनै बढीरहेको देखिएको छ ।  कतारसहित केही मध्यपूर्वका देशले २ हजार ३ सय नेपाली श्रमिकहरुमा कोरोना संक्रमण भएको तथ्यांक सार्वजनिक गरेका छन् ।

 विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको सो आँकडा अनुसार २७ देशमा रहेका नेपालीहरु कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित छन् ।  

स्वास्थ्य समितिका अनुसार विभिन्न मध्यपूर्वका देशमा २ हजार ३ सय, अमेरिकामा १ हजार ५ सय, युके १ हजार,  बहराइनमा १ सय २६, युएईमा १ सय, कुवेतमा ७८, नेपाल ५९, साउदी अरबमा ३४, पोर्चुगलमा २६, आयरल्याण्डमा २२, स्पेनमा १२, अष्ट्रेलियामा १०, बेल्जियममा ६, जापानमा ६, स्वीडरल्याण्डमा ५, क्यानाडामा ५, जर्मनीमा ४, साईप्रसमा ३, मलेसियामा ३, न्युजिल्याण्डमा ३, माल्दिभ्समा २, माल्टामा २, हङ्गकंङ्गमा २, म्यानमारमा १, फ्रान्समा १ जना गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको छ ।

 संघले कोरोना भाइरसको महामारीबाट प्रभावित भएकाहरुको सहयोगार्थ ४५ देशका राष्ट्रिय समितिमा राहत वितरणको काम गरिरहेको संघका महासचिव डा। हेम राज शर्माले जानकारी दिनुभयो । विभिन्न देशमा कोरोना महामारीबाट प्रभावित ३५ हजार भन्दा बढी नेपालीहरुलाई राहत वितरण गरिएको छ ।