बिश्वमा कोरोनाबाट ज्यान गुमाउने चार लाख नाघे

बिश्वमा कोरोनाबाट ज्यान गुमाउने चार लाख नाघे

काठमाडौं: चीनको वुहानबाट गत जनवरीदेखि देखिएको कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या चार लाख नाघेको छ । आइतबार बिहानसम्म ४ लाख १ हजार ९७८ जनाको ज्यान गइसकेको छ ।

अहिलेसम्म ६९ लाख ७० हजार ९४३ जना संक्रमित भएका छन् । निको हुनेको संख्या ३४ लाखअ ११ हजार ७७ पुगेको छ । सबैभन्दा बढी अमेरिकामा १ लाख १२ हजार ९६, दोस्रो बेलायतमा ४० हजार ४६५, तेस्रो ब्रजिलमा ३५ हजार ९५७, चौथो इटालीमा ३३ हजार ८४६, पाँचौं फ्रान्समा २९ हजार १४२ जनाको ज्यान गएको छ ।

छैटौं स्पेनमा २७ हजार १३५, सातौं मेक्सिकोमा १३ हजार ५११, आठौं बेल्जियममा ९ हजार ५८०, नवौं जर्मनीमा ८ हजार ७६९, दशौं इरानमा ८ हजार २०९, ११ औं क्यानाडामा ७ हजार ७७३ र १२ औं भारतमा ६ हजार ९४६ जनाको ज्यान गएको छ ।