काश्मिरको अर्को मुस्लिम संगठन विरुद्ध प्रहरी आक्रमण, ४५ सय करोड जफत

Mukya Samachar Special News अन्तर्राष्ट्रिय

श्रीनगर। भारतले आतंकवाद विरुद्धको अभियान भन्दै फेरि अर्को इस्लामिक संगठन माथि आक्रमण गरेको छ । जम्मू-कश्मीरमा कट्टरपन्थी संगठन जमात-ए-इस्लामी विरुद्ध सरकारले फेरि अर्को एक्सन सुरु गरेको छ । विहीवार केन्द्र सरकारले कश्मीर उपत्यकामा रहेको यस संगठनमाथि प्रतिबन्ध लगाएको थियो भने। शुक्रवार सुरु भएको सो संगठन विरुद्धको अभियान शनिबार समेत जारी राखेको छ । शनिबार भारतले कैयौं नेताहरुलाई हिरासतमा लिएको छ । रिपोर्ट्सका अनुसार सिंगो श्रीनगरमा संगठनका ७० बैंक अकाउन्ट्सलाई सिल गरिएको छ । 

ठूला नेता हिरासतमा 
श्रीनगरपछि किश्तवाडमा समेत जमात-ए-इस्लामीका ठूला नेताहरुको गिरफ्तार गरिएको छ । छापामारीमा ५२ करोड रुपैयाँ जफ्त समेत गरिएमो छ । बिहीबार गृह मन्त्रालयले एक अधिसूचना जारी गर्दै जमात-ए-इस्लामीमा पाँच सालकालागि प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । मन्त्रालयले आफ्नो अधिसूचनामा यो पनि भनेको थियो कि जमात(ए(इस्लामीको यस्तो गतिविधिका कारण आन्तरिक सुरक्षा तथा अन्य प्रशासनिक व्यवस्थाका लागि समेत खतरा छ। यसमा केन्द्र सरकार यससंगठनलाई एक विधि विरुद्धको संगठन घोषित गर्दछ भनिएको थियो। 

जमात-ए-इस्लामीका नेता गिरफ्तार 
कारवाईका समयमा अब्दुल हामिद फयाज, जाहिद अली, मुदस्सिर अहमद तथा गुलाम कादिर जस्ता जमात-ए-इस्लामीका ठूला नेताहरुलाई गिरफ्तार गरिएको हो । यसका अलावा दक्षिण कश्मीरका त्राल, बडगाम तथा अनन्तनागसँगै जमातका कैयौं नेताहरु गिरफ्तारीमा परेका हुन् । 

४५०० करोडको सम्पत्ति 
सरकारले शुक्रवार इन्स्पेक्टर जनरल तथा जिल्ला मेजिस्ट्रेटहरुलाई जमात-ए-इस्लामीका कार्यकर्ताहरुलाई हिरासतमा लिन इजाजत दिएको थियो । ३५० भन्दा बढी सदस्यलाई शुक्रवार गिरफ्तार गरिएको थियो । संगठन सो उपत्यकामा ४०० स्कूल, ३५० मस्जिदहरु तथा १ हजार सेमिनरी चलिरहेको छ । सरकारी अधिकारीहरुका अनुसार संगठनसँग ४५ सय करोड रुपैयाँको सम्पत्ति सम्पत्ति रहेको अनुमान गरिएको छ । यो सम्पत्ति पनि बैध हो या अवैध के हो रु यस बारे समेत जाँच हुने बताईएको छ । केन्द्र सरकारद्वारा जारी अधिसूचनामा जमात-ए-इस्लामीको अलगाववाद तथा देश विरोधी गतिविधिहरु समेत शामिल रहेको बताइएको छ । जमात-ए-इस्लामी कश्मीर घाटीमा अलगावादीहरु तथा कट्टरपन्थीहरुको प्रचार-प्रसारका लागि जिम्मेवार मुख्य संगठन हो । 

Leave a Reply

Your email address will not be published.