मलेसियाको रोजगारी पुनः खुल्यो

मलेसियाको रोजगारी पुनः खुल्यो

काठमाडौँ:१० महिनापछि मलेसियाको रोजगारी खुलेको छ । पहिलो चरणमा कलिङ भिसा पाइसकेकाहरुले सोमबारबाट श्रम स्वीकृति पाउने भएका छन् ।१० महिनादेखि बन्द रहेको मलेसियाको रोजगारी पुनः खुलेको छ ।

मलेसियाको रोजगारी खुलेसँगै पहिलो चरणमा कलिङ भिसा पाइसकेकाहरुले सोमबारबाट श्रम स्वीकृति पाउने भएका छन् । बैदेशिक रोजगार विभागले श्रम कार्यालय ताहाचललाई पत्र लेख्दै सोमबारबाट श्रम स्वीकृतिको प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार कलिङ भिसा पाएकाहरुको संख्या ७ हजारभन्दा बढी छ । करिब एक महिनाअघि श्रम विभागले सूचना जारी गरी कलिङ भिसा लिएकाहरुको तथ्याङ्क माग गरेको थियो । श्रम स्वीकृति लिनका लागि वैदेशिक रोजगार व्यवसायी संघले पनि सहजीकरण गर्नेछ । यस्तै नयाँ कामदारका लागि भने अझै एक महिना पर्खिनु पर्ने भएको छ ।

मलेसिया सरकारले स्वास्थ्य परीक्षणका लागि नयाँ मापदण्ड पठाएसँगै श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले सूचीकृतका लागि सूचना प्रकाशन गरेको छ । यस्तै मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि मन्त्रालयले केही दिनमै सूचना जारी गर्ने तयारी गरिरहेको छ ।