न्युयोर्क टाइम्स भन्छ ‘ अमेरिकीहरूले अत्यधिक रुचाए नेपाली चिया ’

Hot News Special News Trending अन्तर्राष्ट्रिय प्रमोसन प्रवास

काठमाडौं: अमेरिकाको प्रतिष्ठित पत्रिका द न्युयोर्क टाइम्समा मंगलवार नेपाली चियाका विषयमा एउटा लेख छापिएको छ ।म्याक्स फाल्कोविजले लेखेको उक्त लेखको शीर्षक छ स् दार्जीलिङ चिया नभन्नुस्, यो नेपाली चिया हो

लेखक फाल्कोविजले भारतको दार्जीलिङ र नेपालमा चियाखेती कसरी शुरू भयो भन्ने इतिहास केलाउँदै दार्जीलिङमा चिया उत्पादनमा समस्या आइरहेको अनि नेपालको चिया उत्पादन चाहिँ क्रमिक रूपमा बढिरहेको लेखेका छन् ।उनका अनुसार, नेपाली चियाको माग उत्तर अमेरिका तथा युरोपका स्पेसल्टी बूटिक र अन्लाइन स्टोरहरूमा निकै धेरै छ । पश्चिमाहरू नेपाली चियाको पारखी बनेका छन् ।

‘नेपाल र दार्जीलिङ एकदमै नजिक छन् तर नेपाली चियाको एक भिन्नै स्वाद छ । यो अत्यन्तै मीठो छ,’ अमेरिकी क्रेता तथा चियापसलहरूकी सल्लाहकार जेनी डोडले बताइन् । डोडले काठमाडौंमा अपार्टमेन्ट भाडामा लिएर बसेकी छन् र अमेरिकाबाट नेपाल आइरहन्छिन् । ‘नेपाली चिया पटक्कै तिख्खर छैन । त्यसको चुस्की लिँदा बेग्लै आनन्दको अनुभव हुन्छ ।’

Leave a Reply

Your email address will not be published.