टीकटक युएईको अध्यक्षमा नितेश

Hot News अन्तर्राष्ट्रिय प्रमोसन प्रवास

दुवई:
नेपाली कला संस्कृतिको बिकास गर्ने उद्देश्यले दुवईको युएईमा गठन गरिएको नेपा युएई टीकटक दुवई क्लबको अध्यक्षमा झापाका नितेश ओली चयन हुन भएको छ । २ सय बढी सदस्य रहेको उक्त क्लबको आईतबार भएको भेलाले ओलीलाई अध्यक्षमा चयन गरेको हो ।
कामको शिलशिलामा युएईमा रहेका युवाहरु संगठीत उक्त क्लबले दश,ै तिहार , छट, उद्यौली , उभौली जस्ता चाडपर्व मनाउदै दुवईमा प्रचार प्रसार गर्दै आएको छ । अध्यक्ष ओलीले बिदेश तथा स्वदेशमा दुखमा परेकालाई सहयोग गर्दै आएको छ । इलामबाट संचालित एसीसी नेपाली डटकम अनलाईन पत्रिकाका दुवई (युएई) संयोजक समेत रहेका ओली बिगत देखि नै सामाजिक कार्य गर्दै आएका छन् । उनले नेपालमा रहदा पर्यटन प्रर्वधनका लागि भन्दै गत बर्ष झापा देखि ताप्लेजुङ को पाथीभरा सम्म पैदल यात्रा गरेका थिए ।

Leave a Reply

Your email address will not be published.