ममता बनर्जी विरुद्ध भारतभरका ठूला अस्पताल बन्द

अन्तर्राष्ट्रिय

नयाँ दिल्ली : पश्चिम बंगालको राजधानी कोलकाताका एनआरएस मेडिकल कलेजमा दुई जुनियर डाक्‍टरलाई बेरहमीसँग पिटाई गरेपछि देशका कैयौं राज्‍यमा ठूलो संख्यामा डाक्‍टर हड्तालमा उत्रिएका छन्। डाक्‍टरहरुको हड्तालबाट मुम्बई, कोलकाता, नागपुर, पटना, हैदराबाद, वाराणसी समेत कैयौं शहरहरुमा चिकित्‍सा सेवाहरु लगभग ठप्प छन् । यति मात्रै होइन घटनाको विरोधमा अहिले पश्चिम बंगालका १०० भन्दा बढी डाक्‍टरहरुले सामूहिक राजीनामा दिइसकेका छन्। यो क्रम अझै बढ्दो मात्रामा छ ।

पश्चिम बंगालमा डाक्टरहरुको साथ भएको हिंसा विरुद्ध दिल्ली मेडिकल असोसिएशन र इण्डियन मेडिकल असोसिएशनले समेत समर्थन दिएको छ । यसको निन्दा गर्दै उनीहरुले १७ जुनमा देशव्यापी स्ट्राइकको घोषणा गरेका छन् । यस भन्दा पहिले डीएमएको आह्वानमा दिल्लीका प्राइभेट अस्पतालहरुमा समेत शुक्रवार ओपीडी प्रभावित भयो । डीएमएका सेक्रेट्री डाक्टर अरविन्द चोपडाले दाबी गरेका छन् कि अपोलो, म्याक्स, गंगाराम, फोर्टिस, माता चानन देवी, महाराजा अग्रसेन, एक्शन बालाजी जस्ता अस्पतालहरुले समेत यसको समर्थन गर्दै ओपीडी बन्द गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

देशका १९ राज्यहरुका डाक्टरहरुले एकसाथ मिलेर १७ जनालाई इण्डिया स्ट्राइकको घोषणा गरेका छन् । यसको जानकारी सबैले आ आफ्ना राज्यहरुलाई दिएका छन्। आरडीएका एक प्रतिनिधिमण्डलले शुक्रवार स्वास्थ्य मन्त्री डाक्टर हर्षवर्धनसँग भेटेर आफ्नो माग राखेका छन् । यस बारेमा कुराकानी गर्दै डाक्टर मनु गौतमले भनेका छन् कि हरेकपटक जस्तै हामी यस पटक आश्वासन दिएर मात्रै चुप रहनेवाला छैनौं ।

उनले भने कि,ुम आफैं कुटाइ खानको लागि कुरेर बस्दिन । यदि दुई दिनमा सरकारले केही गर्दैन भने १७ जुनको दिन सबै स्वास्थ्य संस्थाहरु ठप्प गरिनेछ । ‌ओपीडी, इमरजेन्सी, वार्ड, सर्जरी केही पनि चल्ने छैन । यसपछि समेत सरकारले हाम्रो मागलाई सुनेन भने हामी १९ जूनदेखि आफ्नो मेडिकल रजिस्ट्रेशनसम्म बुझाउन बाध्य हुनेछौं ।ु

उनीहरुले बंगालका मुख्यमन्त्री ममता बनर्जीले दिएको अभिव्यक्तिप्रति आक्रोश जनाउँदै ममताले माफी नमागेसम्म यो आन्दोलन नरोकिने बताएका छन् । उनीहरुले आफूहरुको सुरक्षाको माग गर्दै केन्द्रीय गृहमन्त्री अमित शाहलाई ज्ञापन पनि बुझाएका छन् ।

Leave a Reply

Your email address will not be published.