लिबियामा ३०० शरणार्थी चढेको डुंगा डुब्यो

अन्तर्राष्ट्रिय

एजेन्सी : लिबियामा शरणार्थी चढेको डुंगा पल्टिदाँ करिब १५० जना बेपत्ता भएका छन् । संयुक्त राष्ट्र संघीय शरणार्थी एजेन्सीका प्रवक्ता चार्ली याक्सलेले दएिको जानकारी अनुसार करिब ३०० भन्दा बढी व्यक्ति सवार डुंगा पल्टिएको थियो । १५० भन्दा बढी हराइरहेका छन् । १४७ जनालाई डुब्नबाट बचेका छन् । उनीहरुलाई कोस्गार्डले बचाएर समुँद्री किनारमा ल्याएका थिए। अन्तराष्ट्रिय सञ्चार माध्यमहरुमा आएका खबरअनुसार राजधानी त्रिपोलीबाट करिब १२० किलोमिटरको दूरीको सहरमा उनीहरुलाई निकालिएको थियो।

बीबीसीकाअनुसार डुंगामा सवारहरु लिबियाबाट भू–मध्य सागर पार गरी युरोप जान हिडेका थिए। हालसम्म एक जनाको शव भेटएिको र वेपत्ता सबैको मृत्यु भएको हुनसक्ने लिबियाली कोस्गार्डका प्रवक्ता अयुब गसिमले जानकारी दिएका छन्। अन्नपूर्ण पोष्टबाट

Leave a Reply

Your email address will not be published.