अमेरिकी राष्ट्रपतिमा मिचेल ओबामाको “शुन्य संभावना”

अन्तर्राष्ट्रिय प्रवास

अमेरिकाकी पूर्वप्रथम महिला मिचेल ओबामाले अमेरिकी राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने संभावना शुन्य रहेको स्पष्ट पारेकी छन् ।उनले उम्मेदवारी दिने चर्चा चलिरहेका बेला आफू त्यस प्रतिश्पर्धामा नरहेको शुक्रबार स्पष्ट पारेकी हुन् । मिचेलले देशको सेवा गर्नका लागि अन्य धेरै बाटो रहेकाले राष्ट्रपति नै बन्नु पर्ने चाहना नभएको बताइन् ।

“त्यस विषयमा मेरो शुन्य संभावना रहेको छ,” उनले राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने बारेमा सोधिएको प्रश्नमा भनिन् ।उनले आफु युवाहरुसँग काम गर्न चाहेको र स्वस्थ जीवनका लागि धेरै परिवारलाई सहयोग गर्न चाहेको बताइन् ।आफूलाई राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिन पटक पटक आग्रह भइरहेको उनले जानकारी दिइन् ।

हालै मात्र अमेरिकी चलचित्र निर्माता मिचेल मुरले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विस्थापित गर्न मिचेल ओबामाले मात्रै सक्ने बताएका थिए ।उनको टिप्पणीसँगै राष्ट्रपतिका लागि मिचेल ओबामाको उम्मेदवारीको चर्चा चुलिएको हो ।
(एजेन्सी)

Leave a Reply

Your email address will not be published.