सीमा सुरक्षा थप मजबुत बनाइँदै, नेपाल–भारत सीमामा १०७ बीओपी

Breaking News Mukya Samachar Special News Trending अन्तर्राष्ट्रिय समाज


काठमाडौं, २५ कार्तिक । अतिक्रमण बढेपछि सरकारले सीमामा सुरक्षा बढाएको छ । सशस्त्र प्रहरीले बोर्डर अब्जरभेसन पोस्ट ९बीओपी० थप गरेको हो । सशस्त्रलाई सीमा सुरक्षाको जिम्मेवारी दिइएको छ । सुरक्षा बलको उपस्थिति कमजोर भएपछि अतिक्रमण बढ्दै गएको थियो ।

भारतले सीमामा सुरक्षा उपस्थिति बाक्लो बनाएपछि नेपालको पनि चासो बढेको हो । सीमा निगरानी थप मजबुत बनाउँदै लगिएको सशस्त्रका प्रवक्ता एवं सशस्त्र डीआईजी सुरजकुमार श्रेष्ठको भनाइ छ ।

उनका अनुसार नेपाल–भारत सीमामा १ सय ७ वटा बीओपी छन् । एक वर्षमा २० वटा थप गरिएको हो। पूर्व, पश्चिम र दक्षिणी सीमामा गत वर्षसम्म ८७ वटा मात्रै बीओपी थिए ।

१५ हजार हाराहारीमा जनशक्ति सीमामा तैनाथ छन् । भारतसँग सीमा जोडिएका २२ जिल्लामा बीओपी छन् । लिम्पियाधुरा–लिपुलेक–कालापानीको विवाद भएको जिल्ला दार्चुलामा भने छैन । पश्चिम पहाडका बैतडी, डडेलधुरा र पूर्वका पाँचथर र ताप्लेजुङमा बीओपी छैन । चालू वर्ष २५ बीओपी थप्ने योजना छ ।

भारतसँग १ हजार ८ सय ८० किलोमिटर सीमामा १८–२० किलोमिटर दूरीमा बीओपी छन् । त्यसलाई घटाएर ५–७ किलोमिटरमा बीओपी राख्ने तयारी छ । दसगजाको एक किलोमिटरभित्रै बीओपी राखिने उनले बताए । सीमानजिकै सकेसम्म ५ सय मिटरभित्र बीओपी बनाउने तयारी छ । हाल दसगजाबाट ४–५ किलोमिटर टाढा छन् । सशस्त्रले बीओपी थपेर २ सयभन्दा बढी र्पुयाउने योजना बनाएको छ ।

एउटा बीओपीमा इन्स्पेक्टर नेतृत्वमा ३५ जना खटिएका छन् । सरकारले २१ वटा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय हटाएको छ । सीमा कार्यालयमा एसपीको नेतृत्वमा ६ सय ५० सशस्त्र प्रहरी परिचालित थिए ।

सशस्त्र एआईजीको कमान्डमा सीमा सुरक्षा फौज परिचालित थियो । जिल्ला तहमा बीओपी हुने र त्यो केन्द्रको मातहतमा हुँदा काम गर्न समस्या भएपछि जिल्लाका सम्बन्धित गणअन्तर्गत बीओपी राखिएको सशस्त्रका प्रवक्ता श्रेष्ठले बताए ।

‘पहिला बीओपीको छुट्टै दरबन्दी थियो, केन्द्रबाटै परिचालित थियो’, उनले भने, पोस्ट थप्न पनि अर्थ मन्त्रालयको सहमति चाहिन्थ्यो । अहिले गणको मातहतमा राखिएको छ । बीओपी स्थापना गर्न, परिचालन गर्न सजिलो भएको छ ।’ अन्नपूर्ण पोष्टमा छापीएको खवर नयाँ पेज अनलाईनले प्रकाशन गरेको छ ।

Leave a Reply

Your email address will not be published.