इलामको पशुपतिनगरमा बिद्यार्थीको प्रर्दशन, आफै सिमा रक्षा गर्ने उद्घोष

Breaking News Hot News Mukya Samachar Special News Trending अन्तर्राष्ट्रिय समाज

पशुपतिनगर: भारतले नेपाली भूमी अतिक्रमण गरेको बिरोधमा बिद्यार्थीले बिहिबार मइलामको सिमावर्ती पशुपतिनगरमा प्रर्दशन गरेका छन् । अखिल नेपाल स्वतन्त्र बिद्यार्थी यूनीयन इलामको आयोजनामा भएको कार्यक्रममा सूर्योदय नगरपालिकाको फिक्कल हुँदै, पशुपतिनगरको फाटकमा बिद्यार्थीले पर्दशन गरेका हुन । कार्यक्रममा नगर क्षेत्रका निजी बिद्यालयका बिद्यार्थी समेत सहभागी थिए ।
फिक्कल बजारमा ¥याली र कोणसभा गरेर पशुपतिनगर पुगेका बिद्यार्थीले सिमानामै भारतले सार्वजनिक गरेको नक्शा सच्याउन माग गर्दै भारत बिरुद्ध चर्का नारावाजी गरे बिद्यार्थीले आफनो सिमाको रक्षा गर्न बिद्यार्थी तयार रहेको बताए । बिद्यार्थीले लिप्पीयाधुरा, लिपुलेक , कालापानीको भारतले सार्वजनिक गरेको नक्शा सच्याउन माग गरे । भारत सरकार र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिरुद्ध चर्का नारावाजी गर्दै ¥याली सहित पशुपतिनगरको फाटक पुगेका बिद्यार्थीले इलाम जिल्लाको समेत सिमा समस्या हल गर्न माग गरेका छन् ।
बिरोध सभामा युवा संघका केन्द्रिय लेखा आयोग सदस्य तथा सूर्योदय नगरपालिका वडानम्बर १० का वडाध्यक्ष पेमा उगेन लामाले छिमेकीको नभई भारतीय मिचाहा प्रबृतिको बिरोध गरेको बताउनु भयो । उहाले परेको खण्डमा नेपाली भूमीको रक्षा गर्न युवात तयार रहेको बताउनु भयो । वडाध्यक्ष लामाले सूर्योदय नगरपालिकाको सिमावर्ती क्षेत्र समेत असुरक्षित रहेको बताउनु भयो ।


कार्यक्रममा अखिलका केन्द्रिय सदस्य रविन्द्र सुवेदीले भारतको जबमुकस्मीर समेत गोर्खालीले रक्षा गरिहेको भन्दै नेपालको सिमानामा गिद्दे दृष्टी नलगाउन आगह गर्नु भयो ।
अखिलकै केन्द्रिय सदस्य सदिंभक्त शंकरले सिमामा देखिएका समस्या सरकारी तवरबाट हल नभए बिद्यार्थीहरु सिमानामा रगत बगाउन तयार भएको बताउनु भयो । कार्यक्रम अखिल इलामका अध्यक्ष प्रवेश पराजुलीको संयोजकतवमा भएको थियो । बिद्यार्थीहरुले सूर्योदय नगरपालिकाको फिक्कल, पशुपतिनगर बजारमा नाराजुलुस सहित प्रर्दशन गरेका थिए ।

सिमानामा बिद्यार्थीले भारतको बिरुद्ध प्रर्दशन र कार्यक्रम गरिरहदा भारतीय सिमा सुरक्षाबल (एसएसबी) ले उक्त प्रर्दशनको तस्विर र भिडियो कैद गरेका थिए । पशुपतिनगरमा भारतीय पक्षले दशगजामै गुम्बा, सुरक्षा बिट निर्माण गरेको छ । सूर्योदय नगरपालिकाकै हिले छब्बीसे पुलखोलामा समेत भारतले सिमाना मिचेको छ । इलामको रोङ गाउँपालिका (मेची किनार) देखि सन्दकपुर सम्मको लगभग ५३ किलोमिटर क्षेत्रमा सिमा समस्या छ । इलाम जिल्ला संग सिमाना जोडिएको भारतीय सिमानामा जम्मा एक सय ४६ वटा सीमा स्तम्भहरू रहेका छन् । त्यस मध्ये मुख्य स्तम्भ १७ वटा र सहायक स्तम्भ ८३ र माईनर स्तम्भ ४६ वटा भनिए पनि हाल मूख्य १६ सहायक ७० र सानो २१ वटा मात्र स्तम्भ रहेको पाईएको छ ।

Leave a Reply

Your email address will not be published.