भारतीय अतिक्रमण बिरुद्ध सन्दकपुर चुचुरोमा प्रर्दशन, नेपालको राष्ट्रिय झन्डा फहराईयो

Hot News Special News Trending अन्तर्राष्ट्रिय पर्यटन समाज


भारतको अतिक्रमण बिरुद्ध बिद्यार्थीको प्रतिकार जारी


सन्दकपुर : इलामको सन्दकपुर चुचुरोमा भारतीय सिमा सुरक्षाबल(एसएसबी) बिरुद्ध बिद्यार्थीले प्रर्दशन गरेका छन । सन्दकपुर चुचुरोमा अतिक्रमण गरेको नेपाली भूमीमा बिद्यार्थीले शनिवार भारत बिरुद्ध प्रर्दशन गर्दै नेपालको राष्ट्रिय झन्डा फहराएका छन् ।सन्दकपुर गाउँपालिका वडा नम्बरमा पर्ने सन्दकपुर चुचुरोमा भारतले अतिक्रमण गरेको भूमिमा अखिल नेपाल स्वतन्त्र बिद्यार्थी यूनियन(अनेरास्ववियू) इलाम जिल्ला कमिटीले भारतीय सिमा सुरक्षा (एसएसबी)संग प्रतिकार गरि नेपालको राष्ट्रिय झन्डा फहराएको हो । एसएसबीले उक्त क्षेत्रको नेपाली भूमीमा जान र तस्विर लिन नेपालीलाई रोक लगाएको थियो । नेपालीलाई रोक लगाउदै एसएसबीले राखेको बोर्ड समेत बिद्यार्थीले फालिदिएका छन । सन्दकपुर गाउँपालिका र प्रदेश सरकारले निर्माण सुरू गरेको भ्यू टावर पर्यटन आवासगृह निर्माण अवरूध्द गरि उक्त भूमी भारतले कव्जा गरेको थियोे । राष्ट्रिय झन्डा फहराउन खोज्दा भारतीय सिमा सुरक्षा बल (एसएसबी) ले वल प्रयोग गरेपछि सामान्य झडप समेत भएको थियो । झडपमा भारतीय सिमा सुरक्षा (एसएसबी) का एक जवान सामान्य घाइते भएका छन । कव्जा गरिएको जमिनमा राष्ट्रिय झन्डा फहराएपछि विधार्थीहरूले भारत बिरुद्ध नाराजुलुस समेत गरेका थिए ।
अनेरास्ववियूका केन्द्रिय सदस्य रविन्द्र सुवेदीले भारतको अतिक्रमण बिरुद्ध बिद्यार्थी आन्दोलन इलामबाट शुरु भएको बताउनु भयो । यस अघि बिद्यार्थीले इलामको पशुपतिनगर स्थित सिमा क्षेत्रमा भारत बिरुद्ध प्रर्दशन गरेका थिए । ३६३६ मिटर उचाईमा रहेको सन्दकपुरबाट सूर्योदय, ४० बढी हिमालको दृश्य र तराईका फाँट देखिने गरिन्छ । नेपाली पक्षको कमजोर उपस्थितिका कारण भारतीय पक्षले उक्त क्षेत्रमा बढी अतिक्रमण गरेको छ ।

नेपाली भूमीमा भारतले राखेको बोर्ड हटाउदै बिद्यार्थी

Leave a Reply

Your email address will not be published.