भारतमा चुलिँदो तनाव : उत्तर प्रदेशका ७५ मध्ये २१ जिल्लामा इन्टरनेट बन्द

प्रहरीको गोलीबाट अहिलेसम्म १४ को मृत्यु

एजेन्सी : नागरिकता संशोधन कानुनलाई लिएर हिंसा भड्किएपछि नेपालसँगै सीमा जोडिएको भारतको उत्तर प्रदेश राज्यका ७५ मध्ये २१ जिल्लामा इन्टरनेट बन्द गरिएको छ। उत्तर प्रदेश सरकारले शुक्रवार हुने जुमे की नमाजलाई बिचार गर्दै त्यहाँका २१ जिल्लामा इन्टरनेट सेवा पूरै बन्द गरिदिएको हो। उत्तर प्रदेश पुलिसका डीजीपी ओपी सिंहका अनुसार राज्यका २१ जिल्लामा शुक्रवार दिनभरि इन्टरनेट सेवा ठप्प पारिएको छ। ुराज्यमा कानुन व्यवस्था पूर्णरुपमा नियन्त्रणमा छ। हामी सुरक्षाबलको की रणनीतिक तैनाथीमा लगातार लागिरहेका छौँ। एसआईटीको टिम विभिन्‍न मामिलाको जाँचमा लागेको छ। हामीले २१ जिल्लामा इन्टरनेट सेवा रोकेका छौँ। परिस्थिति सामान्य भएपछि इन्टरनेट सेवा फर्किनेछ।ु नागरिकता संशोधन कानुनको विरोधमा सबैभन्दा हिंसक प्रदर्शन उत्तर प्रदेशमा भइरहेको छ। यहाँ प्रदर्शनका क्रममा कयौँ मानिसको ज्यान गइसकेको छ। इन्डियन एक्सप्रेसको रिपोर्ट अनुसार बितेका साता पुलिस र प्रदर्शनकारीबीच भएको झडपमा १६ जना मारिएका छन्। जसमा १४ जनालाई प्रहरीको गोली लागेको छ। थाखाखबर

Leave a comment

Your email address will not be published.