फिक्कल:
हङकङमा नेपाल भ्रमण बर्ष २०२० को प्रचार प्रसारमा बिशेष कार्यक्रम गरिएको छ । हङकङ स्थित नेपाली दुताबासको आयोजनामा आईतबार नेपाल भ्रमण बर्ष र नेपालका पर्यटकीय गन्तब्यको जानकारी दिदै प्रचार प्रसार कार्यक्रम गरिएको हो । भ्रमण बर्षको प्रचारमा हङकङको ९ नम्बर सेन्टरल फेरीबाट सुरु गरि हङकङ स्थित लेन्डमार्क सम्म पाँचबटा बिग बस परिक्रमा गराईएको थियो ।

बीग बस परिक्रमा
त्यहा स्थित नेपाली दुताबासका कन्सुलर कमल प्रसाद भट्टराईले भ्रमण बर्षमा नेपालको प्रचार गर्न कार्यक्रम गरिएको जानकारी दिनु भयो । उहाले भन्नु भयो ‘ नेपाल घुम्न धेरै बिदेशी इच्छुक भए पनि हाम्रा पर्यटकीय गन्तब्यको जानकारी यहाँका पर्यटकमा अझै छैन, त्यसैले जानकारी गराउन प्रयास गरेका हौ ।’कार्यक्रममा प्रमुख अतिथि चोई थेङक्डले नेपाल भ्रमण बर्ष सफल पार्न सबै देशले सहयोग गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा नेपाल च्याम्बरअफ कर्मस हङकङका अध्यक्ष दासुराम पराजुली , नेपाली महासंघका टंक राना, एन.आर .एन हङकङकी टिका गुरुङ्ग, त्यहा स्थित राजनीति दलका प्रतिनिधि , बिभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि र नेपाली पर्यटन ब्यवसायीको सहभागीता रहेको थियो ।त्यहा स्थित निर्माण एवं् चिन -नेपाल आयात -निर्यात ब्यवसायी तुलसी उप्रेतीले उक्त कार्यक्रमले भ्रमण बर्ष सफल पार्न सघाउ पुग्ने जानकारी दिनु भयो । उहाले भन्नु भयो ‘यस्ता कार्यक्रमले नै नेपालको सबै ठाउमा प्रचार हुने हो, हामी लागि रहेका छौ ।’
