एजेन्सी: चीनमा कोरोना भाइरसबाट ज्यान जानेको संख्या ९ सय ८ पुगेको छ ।चीनमा आइतवार ९७ जनाको ज्यान गएको थियो। यो अहिलेसम्मकै सबैभन्दा बढी भाइरसको कारण ज्यान गएको संख्या रहेको छ ।
कोरोना भाइरसबाट चीनमा ९०८ जनाको ज्यान गएको छ , भने अन्य देशमा दुई जना गरी १ सय १० जनाको ज्यान गएको बताइएको छ ।चीनका विभिन्न स्थानमा सङ्क्रमित व्यक्तिको सङ्ख्या ४० हजार नाघेको छ । एक लाख ८७ हजार भन्दा बढी मानिसलाई चिकित्सकीय निगरानीमा राखिएको जनाइएको छ ।