७६ घरपरिवारलाई इलामेली समाज दक्षिण कोरियाद्धारा राहत वितरण

  • 464
    Shares
७६ घरपरिवारलाई इलामेली समाज दक्षिण कोरियाद्धारा राहत वितरण

इलाम : बन्दाबन्दीका कारण रोजगारी गुमाएका विपन्न एवं गरीब परिवारलाई इलाममा आज सोमबार राहत वितरण गरिएको छ ।
इलामेली समाज दक्षिण कोरियाको आर्थिक सहयोगमा इलाम नगरपालिका वडा नम्बर ६, ७, ८ र ९ का आर्थिक अवस्था कमजोर भएका विपन्न नागरिकलाई १९ सय केजी चामल सहित दैनिक उपभोग्य बस्तु वितरण गरिएको हो । ७६ घरपरिवारलाई प्रति परिवार जिरा मंसुली चामल २५ केजी, नुन १ केजी र १ लिटर खाने तेल उपलब्ध गराएको इलामेली समाज दक्षिण कोरियाका प्रथम अध्यक्ष हरि खनालले बताउनुभयो ।
यस भन्दा पहिले राहात नपाएकाहरुलाई जिल्ला प्रशासन,नगरपालिका,स्थानिय जनप्रतिनिधिहरु लगायतको समन्वयमा राहात वितरण गरिएको खनालको भनाई छ ।राहात वितरणमा समाजसेवी सुरेन्द्र राई,दिनेश काफ्ले,राजेन्द्र बराल,संदिपा खनाल,लिला खतिवडा,कमला बराल,मेनुका पराजुली लगायतले सहजिकरण गर्नुभएको थियो । आज इलाम नगरपालिकाका ४ वटा वडाका विपन्न नागरिकहरुलाई करिब १ लाख २० हजार रुपैंया बराबरको राहात बाँडिएको र आगामी दिनमा सुर्योदय नगरपालिकामा वितरण गर्ने कार्यक्रम रहेको समाजका अध्यक्ष केदार निरौलाले बताउनु भयो ।
कोरोनाको संक्रमण संगै सरकारले नेपाललाई लकडाउन गरेपछि कोरियामा रहेका समाजका सचिव उपेन्द्र निरौला, कुवेर न्यौपाने लगायतको सक्रियतामा आर्थिक संकलन गरिएको थियो ।सन् २०१४ मा दक्षिण कोरियामा स्थापना भएको इलामेली समाजले सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।समाजले देशका विभिन्न क्षेत्रमा भएका बाढी पहिरो,आगलागी,भकम्प लगायतका प्राकृतिक प्रकोप र गम्भीर प्रकृतिका रोगीहरुलाई आर्थिक सह