रोङ गाउँपालिकामा आँखा शिबिर

रोङ गाउँपालिकामा आँखा शिबिर

रोङ:रोङ गाउँपालिकामा निशुल्क आँखा शिविर संचालन गरिएको छ । मोतिया बिन्दु भएका रोङबासीका लागि शल्यक्रिया सहितको निःशुल्क आँखा शिबिर गाउँपालिकाको कार्यलयमा संचालन गरिएको हो ।
पूर्वाञ्चल आँखा उपचार कार्यक्रम बिराटनगर, आँखा अस्पताल बिराटनगर, नेपाल नेत्रज्योति संघ जिल्ला शाखा इलाम , जेष्ठ नागरिक समाज इलाम र रोङ गाउँपालिकाको आयोजनामा शिबिर संचालन भएको हो ।

शिबिरमा बिराटनगर आँखा अस्पतालका डाक्टर दामिन पृतको टोलिले सेवा उपलब्ध गराइरहेको छ। शिबिर दुई दिन सम्म चल्ने छ ।