कुलुङ्गले निशुल्क दिए २ सय थान बढी पुस्तक

Mukya Samachar

गोबिन्द पौडेल,रोङ:
रोङ गाउँपालिका वडा नं ६ मा रहेको सरस्वती माध्यामिक बिद्यालयलाइ पूर्व बिद्याथीले पुस्तक उपलब्ध गराएका छन् ।
रोङ गाउँपालिका वडा नं ६ रम्भ्याङ्गमा जन्म भएर राजधानीमा नेपाल वाताबरण पत्रकार समुहमा कार्यरत रहेका प्रेम कुलुङ्गले गाउँमा रहेको सो बिद्यालयलाइ करिव ५० हजार मुल्य बराबरको २ सय ७ थान पुस्तक निःशुल्क रुपमा उपलब्ध गराउनु भएको हो ।
शिक्षा, स्वास्थ्य, बिज्ञान ,मनोरन्ञन, ब्याक्तित्व परिचय र प्रेरणा का कुरा र बालबालिकाहरुको लागि उपयोगी मानिने सो पुस्तक बिद्यालयमा प्राप्त भएपछि बिद्यालयको शैक्षिक उन्नतीमा सहयोगी हुने बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष केशर प्रधानले बताए ।
यता आफुले पनि जन्मथलोमा रहेको बिद्यालयलाइ केही सहयोग गर्न पाएकोमा आत्मासंतुष्टि मिलेको कुलुङ्गले बताए । सहयोगी दातालाइ उच्च सम्मान सहित बिद्यालयमा प्राप्त पुस्तकले शैक्षिक स्तरमा सुधार ल्याउने अधिक्तम प्रयोग गरिने प्रधानाध्यापक डुकराज पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published.